3 years ago
October 7, 2021
विजय नेपाली, पोखरा
मणि लामाले ह्याट्रिकसहित चार गोल गरेपछि शंखमुल फुटसल काठमाडौंले अतिरिक्त समयमा दि राइजिङ क्लब धरानमाथि जित निकाल्दै राष्ट्रिय ‘ए’ डिभिजन फुटसल लिगको फाइनलमा प्रवेश गरेको छ ।
पोखरास्थित बहुउद्देश्यीय कभर्डहलमा बिहीबार भएको दोस्रो क्वालिफायरमा शंखमुलले राइजिङलाई अतिरिक्त समयमा ४–३ ले पराजित गर्दै फाइनलमा स्पोर्ट्स क्यासल पोखरासँगको भेट पक्का गरेको हो । शंखमुलको जितमा सबै चार गोल मणि लामाले गरे । राइजिङका विसन श्रेष्ठले दुई तथा हेमन्त थापा मगरले एक गोल गरेपनि हार टार्न सकेन ।
खेलको पहिलो मिनेटमा नै मणि लामाको गोलबाट शंखमुलले अग्रता लिएको थियो । ११औं मिनेटमा विसन श्रेष्ठले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । १५औं मिनेटमा मणि लामाले व्यक्तिगत दोस्रो गोल गर्दै शंखमुललाई २–१ को अग्रता दिलाए । २४औं मिनेटमा हेमन्त थापा मगरले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।
२८औं मिनेटमा विसन श्रेष्ठले गोल गरेपछि राइजिङले खेलमा ३–२ को अग्रता लिन सफल भयो । तर, शंखमुलका मणिले आफ्नो गोलको लयलाई कायमै राख्दै गोल गरेपछि खेल आफ्ना् पक्षमा पार्न सफल भयो ।
४०औं मिनेटमा मणिले ह्याट्रिक पुरा गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याउँदै खेललाई अतिरिक्त समयमा लम्ब्याए । अतिरिक्त समयको ४३औं मिनेटमा मणिले व्यक्तिगत चौथो गोल गर्दै शंखमुललाई फाइनलको यात्रा तय गराए ।
यसअघि स्पोर्ट्स क्यासलले पहिलो क्वालिफायरमा दि राइजिङमाथि ८–६ को जित निकाल्दै फाइनलमा स्थान तय गरेको थियो । फाइनल शुक्रबार हुनेछ ।
लिगको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ । लिगको विंगर (एएलए–पिभोट), डिफेन्डर (फिक्सो), उदियमान खेलाडी, गोलरक्षक र प्रशिक्षकले समान २५ हजार पाउनेछन् ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]