3 years ago
October 7, 2021
धनगढी (हाम्रो खेलकुद)– कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय प्रथम भलिबल प्रतियोगिता बुधबारदेखि सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन कञ्चनपुर, कैलाली, डोटी र डडेल्धुराले विजयी भएका छन् । उद्घाटन खेलमा कञ्चनपुरले अछामलाई ३–१ को सेटमा हराएको छ ।
दोश्रो खेलमा कैलालीले दार्चुलालाई ३–०, तेस्रोमा डोटीले बैतडीलाई ३–१ र चौथो डडेल्धुराले बाजुरालाई ३–० को सेटमा पराजित गर्यो । प्रतियोगितामा बिहीबार लिग चरणका ६ वटा खेल हुनेछन् । प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता २०७८ सुदूरपश्चिम खेलकुद परिषद्को वार्षिक कार्यक्रम अनुसार असोज २३ गतेसम्म चल्नेछ ।
प्रदेशका ९ वटा जिल्लाका टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेता टोलीले १ लाख, दास्रो टोलीले ४० हजार र सेमिफाइनल पुग्ने टोलीले समान २५ हजार रुपैयाँ प्राप्त गर्ने सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहले जानकारी दिए । प्रतियोगिताका विभिन्न ५ वटा विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार प्राप्त गर्ने छन् ।
सुदूरपश्चिममा पहिलो पटक आयोजित प्रदेश भलिबलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीबाट सुदूरपश्चिम प्रदेशको भलिबल टोली बनाइने सिंहले बताए । भविष्यमा हुने राष्ट्रिय प्रतियोगिताहरुमा त्यहि टोलीले सुदूरपश्चिमको प्रतिनिधित्व गर्ने बताइएको छ । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]