default_image

3 years ago

October 6, 2021

गलाक मुवाँथाइका भोला च्याम्पियन

61 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गलाक मुवाँथाइ क्लबका भोलाकुमार राई प्रथम गलाक मुवाँथाई फाइटको पुरुष ६० केजीमा बुधबार च्याम्पियन बनेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भोलाले फ्रेन्डसिप वेल्फेयरका विवेक गडाललाई पराजित गरे । राष्ट्रिय मुवाँथाई संघ नेपाल र गलाक द लाइफ स्टायल प्रालिद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष ५४ केजीमा गोकर्णेश्वर मुवाँथाई क्लबका लाक्पा तामाङले सुकेधारा मुवाँथाइ क्लबका आनन्द राईलाई हराए ।

पुरुष ५६ केजीमा केन्द्रीय मुवाँथाइ क्लबका सन्दिप तामाङले गोकर्णेश्वरका दावा फुन्जु शेर्पालाई पाखा लगाए । पुरुष ६३ केजीमा जिमखानाका करण वज्राचार्यले गोकर्णेश्वरका अब्राहम राईको चुनौती पन्छाए ।

पुरुष ५१ केजीमा सुकेधाराका तेज मगरले सुकेधाराकै यमन मोक्तान, ७२ केजीमा गोकर्णेश्वरका नवराज पराजुलीले गलाकका सलोन लेप्चा तथा ६५ केजीमा सुकेधाराका प्रवेश घिसिङले केन्द्रीयका एमडी रायनलाई पराजित गरे । एकदिने फाइटअन्तर्गत पुरुषतर्फ मात्र ७ स्पर्धामा भिडन्त भएको थियो ।

प्रतिस्पर्धालाई स्तरीय बनाउन प्रत्येक स्पर्धामा समान २–२ खेलाडीबीच प्रतिस्पर्धा गराइएको आयोजक संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् । उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई काठमाडौंमै ३ महिनापछि हुने गलाक ग्रान्ड च्याम्पियनसिपका लागि छनोट गरिने छ । त्यस्तै उत्कृष्ट २ खेलाडीलाई गलाकले अनुबन्ध गर्ने अध्यक्ष कक्षपतिले बताए ।

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

January 27, 2025

अग्रता जोगाउन नसक्दा टोटनहम पराजित

एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]

Success

Thank you for your time.