3 years ago
October 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो प्रकाश दाहाल स्मृति महिला तथा पुरुष राष्ट्रिय बक्सिङ प्रतियोगिता कात्र्तिक अन्तिम साता आयोजना हुने भएको छ ।
आयोजक नेपाल बक्सिङ संघले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता २९ कात्र्तिकदेखि ३ मसिंरसम्म काठमाडौंमा हुने जानकारी गराए । प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा खेलाउने तयारी भइरहेको नेपाल बक्सिङ संघका प्रवक्ता श्याम काजी अवालेले जानकारी गराए ।
प्रतियोगितामा पुरुषतर्फ विभिन्न १३ तौल समूह र महिलातर्फ विभिन्न ८ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ ४८, ५१, ५४, ५७, ६०, ६३.५, ६७, ७१, ७५, ८०, ८६, ९२ र ९२ केजीभन्दा माथि प्रतिस्पर्धा हुनेछ । महिलातर्फ ४८, ५०, ५२, ५४, ५७, ६०, ६३ र ६६ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा तीन विभागसँगै देशभरबाट करिव ३ सय जना बक्सरको सहभागिता रहने संघले जनाएको छ । प्रतियोगितामा सहभागिताका लागि क्षेत्रीय तथा राष्ट्रिय प्रतियोगितामा सहभागी भएको हुनुपर्ने प्रावधान राखिएको छ ।
प्रतियोगितामा हरेक तौल समुहमा विजयी हुने खेलाडीलाई १० हजार नगद पुरस्कार राखिएको र प्रायोजक पाएको खण्डमा यो बढ्न सक्ने संघले जनाएको छ । पुरुष र महिलातर्फको उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको अनुमानित बजेट ३५ लाख रहेको छ ।
प्रतियोगिताको लागि नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरिएको छ । प्रतियोगितापछि हुने अन्तर्राष्ट्रिय प्रतियोगिताको छनोटको रुपमा पनि रहने छ । पहिलो संस्कण २०७५ को असार १३ देखि १७ सम्म प्रकाश दाहाल स्मृति प्रतिष्ठानले आयोजना गरेको थियो । त्यसपछि कोभिडको कारण प्रतियोगिता हुन सकेको थिए । यसपटक संघले नै प्रतिष्ठानसँग सहकार्य गरेर आयोजना गर्न लागेको हो ।
यस्तै संघले पत्रकार सम्मेलनमा बक्सिङ संघले सर्बियाको बेलग्रेडमा हुने आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडी सार्वजनिक गरेको छ । अक्टोबर २५ देखि नोभेम्बर ६ तारिखसम्म हुने विश्व च्याम्पियनसिपमा सहभागी हुने ४ खेलाडी सार्वजनिक गरेको हो ।
खेलाडी छनोट गर्न नेपाल बक्सिङ संघले असोज १ देखि ४ गतेसम्म सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा खुला छनोट प्रतियोगिता आयोजना गरेको थियो । उक्त छनोटको आ–आफ्नो ५ तौलसमूहमा पहिलो भएका पाँच खेलाडी मध्येबाट ४ खेलाडी छनोट गरिएको हो ।
विश्व बक्सिङका लागि छनोट हुनेमा ४८ केजीमा रविन थापा, ५७ केजीमा पुरन राई, ६७ केजीमा सनिल शाही र ६३.५ केजीमा भुपेन्द्र थापा मगर रहेका छन् । सनिल र भुपेन्द्र १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी हुन् ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]