3 years ago
October 5, 2021
काठमाडौं (हाम्रो खेलकुद) – निमिशा ढकाल र शुभाङ्गीलक्ष्मी शाह दोश्रो टिम टेनिस नेपाल जेटीआई जुनियर ओपन टेनिस प्रतियोगिताको यु–१६ गल्र्स सिंगल्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
टिम टेनिस नेपालको आयोजनामा धापाखेलमा भइरहेको प्रतियोगितामा निमिशाले कृषा अधिकारीलाई ६–१ र ६–३ तथा शुभाङ्गीले आध्या पौडेललाई ७–६ र ६–२ को सोझो सेटमा पराजित गरे । यु–१० गल्र्स सिंगल्समा आयुशा जिसीले मालाश्री सिंहलाई ६–० र ६–० को सोझो सेटमा हराउदै फाइनलमा प्रवेश गरिन् । फाइनलमा आयुशाको भेट शिभाली गुरुङसँग हुनेछ । शिवाली वाइ पाउदै फाइनल पुगेकी हुन् ।
यु–९ गल्र्स सिंगल्समा आयुशा जिसीले निश्भीरत्न गोर्खालीलाई ४–० र ४–०, आयुश्रीहजुर घलेले सारा पन्तलाई ५–३, २–४ र ११–९, अनुश्री ध्वजुले जोया जोशीलाई ४–० र ४–२ तथा मेरिशा थापाले मालाश्री सिंहलाई ४–० र ५–३ ले पन्छ्याउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । यु–१४ गल्र्स सिंगल्समा प्राज्ना मानन्धर, समृद्धि महर्जन, जेनी खड्का, कृषा अधिकारी र कर्मिस्था श्रेष्ठ आ–आफ्नो प्रतिद्वन्द्वीलाई हराउदै क्वाटरफाइनलमा पुगे ।
सुनिरा थापा, आध्या पौडेल र प्रशंसा मोक्तान पनि वाइ पाएर क्वाटरफाइनलमा पुगे । यु–९ ब्वाइज सिंगल्स साम्खाहाङ राईले आर्यनराज पौडेललाई ४–१ र ४–० तथा सन्जोग ब्लोनले विश्वविशेष दल्लाकोटीलाई ४–१, १–४ र १०–८ ले पाखा लगाउदै उपाधि भिडन्त पक्का गरे ।
यु–१० ब्वाइज सिंगल्समा बृजेश अर्यालले सिद्धान्त प्रधानलाई ६–० र ६–०, आद्रित नेपालले असभसम्राट हाडालाई ६–४ र ६–१, साश्वत वज्राचार्यले स्पर्श तिमल्सिनालाई ६–४ र ६–३ तथा अबिर श्रीवास्तवले आभाषनाथ श्रेष्ठलाई ६–० र ६–० को सीधा सेटमा पराजित गर्दै क्वाटरफाइनल यात्रा तय गरे ।
प्रतियोगिताको नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले एक कार्यक्रमबीच उद्घाटन गरिन् । शनिबार सम्पन्न हुने १४ स्पर्धा समावेश प्रतियोगितामा १ सय २५ खेलाडी सहभागी छन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]