3 years ago
October 5, 2021
धनगढी (हाम्रो खेलकुद) – कैलालीको धनगढीमा बुधबारदेखि सञ्चालन हुने सुदूरपश्चिम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ ।
सुदूरपश्चिम खेलकुद परिषद्ले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको तयारी पुरा भएको प्रतियोगिताको ट्रफी र खेल तालिका पनि सार्वजनिक गरेका छन् । प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता २३ असोजसम्म धनगढीमा हुनेछ । उद्घाटन खेलमा बुधवार कञ्चनपुर र अछाम खेल्नेछन् । सुदूरपश्चिममै पहिलो पटक म्याटमा प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा प्रदेशका ९ वटा जिल्लाका टिमहरूले सहभागिता जनाएका छन् । विजेताले १ लाख रुपैयाँ हात पार्नेछन् । उपविजेताले ५० हजार तथा सेमिफाइनलसम्म पुग्ने दुई टिमले समान २५–२५ हजार रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधामा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार दिइनेछ ।
प्रतियोगिता आयोजन गर्नका लागि झन्डै ५० लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरूलाई समेटेर सुदूरपश्चिम प्रदेशको भलिबल टिम बनाइने सिंहले बताए । उनले ती खेलाडीहरूलाई प्रशिक्षणको व्यवस्था गरी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाइने सुदूरपश्चिम खेलकुद परिषद्ले जनाएको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]