default_image

3 years ago

October 4, 2021

पोखराविरुद्ध अमितको अर्धशतक

108 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं किंग्स इलेभेनका ओपनर अमित श्रेष्ठले एभरेष्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करणमा पोखरा राइनोजविरुद्ध अर्धशतक प्रहार गरेका छन् । अमितले ३६ बलमा अर्धशतक पूरा गरेका छन् । अमितले १४ औं अ‍ेभरको तेस्रो बलमा विक्रम सोबलाई चौका प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको काठमाडौंले १४ ओभरमा २ विकेट गुमाउँदै १ सय रन बनाएको छ । अमित ३७ बलमा ६ चौका र २ छक्का सहित ५२ रनमा अविजित छन् । रायन बर्ल १ चौका र ३ छक्का सहित ३९ रनमा अविजित छन् । तेस्रो विकेटका लागि रायन र अमितले १ सय २ रनको अविजित शतकीय साझेदारी गर्दै टोेलीको इनिङ अगाडि बढाएका छन् ।

दोस्रो ओभरको दोस्रो बलमा ओपनर रहमानउल्लाह गुरबाजलाई रित गौतमले १२ रनमा रन आउट गर्दै पोखरालाई महत्वपूर्ण सफलता दिलाएका थिए । रितले ननस्ट्राइकमा सिधैं स्टम्प ताक्दै गुरबाजलाई पेभिलिएनको बाटो देखाए । तेस्रो ओभरको पहिलो बलमा विक्रम सोबले सुवास खकुरेललाई २ रनमा एलबिडब्लू आउट गरेका थिए ।


काठमाडौं र पोखरा दुबैले आजको खेलमा टोलीमा एक एक परिवर्तन गरेका छन् । सिद्धान्त लोहनीको स्थानमा काठमाडौंले मोहम्मद साम्सद शेखले मौका दिएको छ । पोखराले तीव्र गतिका बलर किशोर महतोलाई मौका दिँदा स्पिन अलराउन्डर विपिन खत्रीलाई बेन्चमा राखेको छ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.