3 years ago
October 2, 2021
काठमाडौं (हाम्रो खेलकुद) – होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबकी प्रतिभा माली र विभागीय त्रिभुवन आर्मी क्लबका ओपन स्पाइकर मानबहादुर श्रेष्ठ वाई वाई डाइनामाइट छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् ।
प्रतिभा महिलातर्फ तथा मानबहादुर श्रेष्ठ पुरुषतर्फ सर्वाेत्कृष्ट खेलाडी बन्न सफल भएको हो । दुवै खेलाडीले आफ्नो टोलीलाई च्याम्पियन बनाउन महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए । सर्वाेत्कृष्ट बनेसँगै उनीहरुले समान २५–२५ हजार रुपैयाँ हात पारेका छन् ।
व्यक्तिगत विधातर्फ महिलामा आर्मीकी शान्ति थारु र पुरुषमा हेल्प नेपालका विनित कुमार उत्कृष्ट स्पाइकर चुनिए । महिलामा एपीएफकी सरस्वती चौधरी तथा पुरुषमा हरि अधिकारी उत्कृष्ट ब्लकर चुनिए ।
महिलामा न्यु डायमन्डकी अरुणा शाही र पुरुषमा नेपाल पुलिस क्लबका इम बहादुर राना उत्कृष्ट सेटर चुनिए । महिलामा आर्मीकी संगम महतो र पुरुषमा आर्मीका दुर्गा बहादुर खड्का उत्कृष्ट सर्भर चुनिए । लिवेरोमा डायमन्डकी सलिना श्रेष्ठ तथा पुरुषमा एपीएफका विनोद चन्द भए ।
महिलामा न्यु डायमन्डका कुमार राई र पुरुषमा आर्मीका जगत सिंह उत्कृष्ट प्रशिक्षक चुनिए । व्यक्तिगत विधाका सबै उत्कृष्टहरुले समान १०–१० हजार रुपैयाँ हात पारे ।
च्याम्पियनसिपका सर्वाेत्कृष्ट
सर्वाेत्कृष्ट – प्रतिभा माली (महिला – न्यु डायमन्ड) र मानबहादुर श्रेष्ठ (पुरुष–आर्मी)
स्पाइकर – शान्ति थारु (महिला–आर्मी) र विनित कुमार (पुरुष – हेल्प नेपाल)
ब्लकर – सरस्वती चौधरी (महिला –एपीएफ) र हरि अधिकारी (पुरुष–आर्मी)
सेटर – अरुणा शाही (महिला – न्यु डायमन्ड) र इम बहादुर राना (पुरुष – पुलिस)
सर्भर – संगम महतो (महिला–आर्मी) र दुर्गा बहादुर खड्का (पुरुष–आर्मी)
लिवेरो – सलिना श्रेष्ठ (महिला – न्यु डायमन्ड) र विनोद चन्द (पुरुष –एपीएफ)
प्रशिक्षक – कुमार राई (महिला – न्यु डायमन्ड) र जगत सिंह (पुरुष–आर्मी)
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]