default_image

3 years ago

October 2, 2021

हेल्प नेपाललाई हराउँदै आर्मी च्याम्पियन

201 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता तथा उपाधि दावेदार हेल्प नेपाल स्पोर्ट्स क्लबलाई स्तब्ध पार्दै विभागीय त्रिभुवन आर्मी क्लब वाई वाई डाइनामाइट छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फको च्याम्पियन बनेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार भएको खेलमा भारतीय राष्ट्रिय टोलकिा तीन खेलाडी समेटेको हेल्प नेपाललाई ३–१ को सेटमा पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो ।

प्रतिस्पर्धात्मक बनेको पहिलो सेटमा आर्मीले २६–२४ को जित निकालेको थियो । पहिलो सेटको अन्त्यतिर रेफ्रीको निर्णयमा असन्तुष्टि जनाउँदै आर्मीका खेलाडीले कोर्ट त्यागेपनि पछि खेल्न आएको थियो । त्यसपछि आर्मीले लगातार २ अंक जोड्दै जित निकाल्न सफल भएको थियो ।

घरेलु समर्थकको साथ पाएको आर्मीले दोस्रो सेट आर्मीले १७–२५ ले गुमाएको थियो । तेस्रो सेट २५–१८ जित्दै आर्मी जित नजिक पुगेको थियो । चौथो सेटमा एक समय आर्मीले १७–२२ को आरामदायी अग्रता लिएपनि हेल्प नेपालले लगतार ५ अंक जोड्दै खेललाई २२–२२ को बराबरीमा ल्याउँदै खेललाई थप रोमाञ्चक बनाएको थियो ।

त्यसपछि बराबरीबाट अघि बढ्दै हेल्प नेपालले २५–२४ को अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा ३३–३१ ले नतिजा सुम्पिएपछि आर्मी च्याम्पियन बन्न सफल भयो । उपाधिसँगै आर्मीले ४ लाख रुपैयाँ हात पारेको छ । दोस्रो भएको हेल्प नेपालले २लाख रुपैयाँमा चिक्त बुझाएको छ । तेस्रो भएको नेपाल पुलिस क्लबले १ लाख रुपैयाँ हात पारेको छ ।

महिलातर्फ होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले चिरपरिचि प्रतिद्धन्द्धी नेपाल एपीएफ क्लबलाई ३–१ को सोझो सेटमा हराउँदै च्याम्पियन बन्न सफल भएको थियो ।

च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको थियो । पुरुषतर्फ सहभागी टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । पुरुषतर्फको समूहको शीर्ष दुई टोलीले क्वाटरफाइनलमा तथा महिलातर्फको समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ ।

च्याम्पियनसिपबाट पुरुषतर्फ ७ र महिलातर्फ ५ टोली आसन्न चैतमा हुने लिगका लागि छनोट हुनेछ । च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ हात पार्नेछन् । हरेक विधा (स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षक) ले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

पाँचौ संस्करणको च्याम्पियनसिपमा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब र महिलामा विभागीय नेपाल एपिएफ क्लब च्याम्पियन बनेको थियो । त्यस्तै पाँचौ संस्करणको लिगमा हेल्प नेपाल र होंगान्जी न्यु डायमन्ड च्याम्पियन बनेको थियो ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.