3 years ago
October 2, 2021
काठमाडौं (हाम्रो खेलकुद) – होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले वाई वाई डाइनामाइट छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार भएको खेलमा चिरपरिचि प्रतिद्धन्द्धी नेपाल एपीएफ क्लबलाई ३–१ को सेटमा हराउँदै च्याम्पियन बन्न सफल भएको हो ।
यो सँगै डायमन्डले गत बैशाखमा सिन्धुपाल्चोकमा भएको भोटेकोशी गाँउपालिका अध्यक्ष कपमा बेहोरेको फाइनल हारको बदलासमेत लिन सफल भएको छ । न्यु डायमन्डको सिजनको यो पहिलो उपाधि हो । यसअघि गत बैशाखमा सिन्धुपाल्चोकमा भएको भोटेकोशी अध्यक्ष कपमा एपीएफसँग पराजित हुन पुगेको थियो । डायमन्डसँगको हारसँगै एपीएफ वर्षको दोस्रो उपाधि जित्नबाट सफल भयो ।
प्रतिस्पर्धात्मक पहिलो सेट गुमाएपनि डायमन्डले पूनरागमन गर्दै त्यसपछिको तीन सेट आफ्नो पक्षमा पार्दै च्याम्पियन बन्न सफल भएको हो । सुरुवाती समयमा ६–२ ले अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा डायमन्डले पहिलो सेट २४–२६ ले गुमाउन पुगेको थियो ।
तर त्यसपछि डायमन्डले लगातार तीन सेट आफ्नो पक्षमा पार्न सफल भयो । दोस्रो सेटमा एक समय १५–८ को आरामदायी अग्रता लिएपनि एपीएफले पुनरागमन प्रयास गरेपनि डायमन्ड २५–२१ ले विजयी हुन सफल भयो । तेस्रो सेट पनि डायमन्डले २५–१७ ले आफ्नो पक्षमा पार्दै जितनजिक पुग्यो ।
चौथो सेटमा १५–८ को अग्रता लिएपनि एपीएफले पुनरागमन गर्दा खेल १७–१५ को अवस्थामा पुगेको थियो । त्यसपछि लगातार ८ अंक जोड्दै डायमन्डले खेल २५–१५ ले आफ्नो पक्षमा पार्दै च्याम्पियन बन्न सफल भयो ।
छैटौ संस्करणसम्म आइपुग्दा न्यु डायमन्ड क्लब च्याम्पियनसिपमा दोस्रोपटक च्याम्पियन बन्न सफल भएको हो । त्यसअघि डायमन्ड तेस्रो संस्करणमा च्याम्पियन बनेको थियो । पहिलो संस्करणमा तेस्रो भएको डायमन्ड चौथो र पाँचौ संस्करणमा उपविजेता बनेको थियो ।
उपाधिसँगै डायमन्डले ४ लाख रुपैयाँ हात पारेको छ । दोस्रो भएको एपीएफले २ लाख रुपैयाँमा चित्त बुझाएको छ । तेस्रो भएको त्रिभुवन आर्मी क्लबले १ लाख रुपैयाँ प्राप्त गरेको छ । आर्मीले पुलिसलाई हराउँदै तेस्रो स्थान हासिल गरेको थियो । पुरुषतर्फ उपाधिको लागि साविकको विजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब र विभागीय त्रिभुवन आर्मी क्लब खेल्दैछन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]