default_image

3 years ago

October 2, 2021

हेल्प नेपाल र आर्मी उपाधिका लागि भिड्दै

166 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – वाई वाई डाइनामाइट छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधिका लागि आज (शनिबार) साविकको विजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब र विभागीय त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्दैछ ।

खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा दिउँसो ३ बजेपछि शुरु हुनेछ । भारतीय राष्ट्रिय टोलीका खेलाडीको साथ पाएको हेल्प नेपाल राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको आर्मीलाई हराउँदै लगातार च्यम्पियन बन्ने लक्ष्यमा हुनेछ ।

विनित कुमार चौधरी, चिराग र सक्लिन यसै महिना जापानमा सम्पन्न एसियन च्याम्पियनसिप खेलेर नेपालमा खेल्न आएका हुन् । घरेलु भलिबलका चर्चित घनश्यम चौधरी, सन्जु विक्रम शाह, राजन दर्लामी मगर, सुरेन्द्र बम र कमल सुनारको साथ रहेको छ ।

यता, राष्ट्रिय खेलाडीले भरिपुर्ण आर्मी बलियो हेल्प नेपाललाई स्तब्ध पार्दै च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ । मानबहादुर श्रेष्ठ, धन बहादुर भट्ट क्षेत्री, राजेन्द्र विष्ट, हरि अधिकारी, दुर्गा बहादुर खड्का, हरिहजुर थापा, दुर्गा महतो, ईश्वर थापा, सरन सामरी क्षेत्री र दिल सुनारलगायतको खेलाडीको सात रहेको छ ।

हेल्प नेपालले सेमिफाइनलमा विभागीय नेपाल पुलिस क्लबलाई तथा आर्मीले नेपाल एपीएफ क्लबलाई समान ३–० को सोझो सेटमा हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । शनिबारै तेस्रो स्थानको लागि नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लबबीत दिउँसो ११ बजे प्रतिस्पर्धा हुनेछ ।

च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ । पुरुषतर्फ सहभागी टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । पुरुषतर्फको समूहको शीर्ष दुई टोलीले क्वाटरफाइनलमा तथा महिलातर्फको समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ ।

च्याम्पियनसिपबाट पुरुषतर्फ ७ र महिलातर्फ ५ टोली आसन्न चैतमा हुने लिगका लागि छनोट हुनेछ । च्याम्पियन हुने पुरुष र महिला टोलीले समान ४ लाख रुपैयाँ हात पार्नेछन् । दोस्रो हुने टोलीले २ लाख तथा तेस्रो हुने टोलीले १ लाख रुपैयाँ हात पार्नेछन् । च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ हात पार्नेछन् । हरेक विधा (स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षक) ले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

पाँचौ संस्करणको च्याम्पियनसिपमा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब र महिलामा विभागीय नेपाल एपिएफ क्लब च्याम्पियन बनेको थियो । त्यस्तै पाँचौ संस्करणको लिगमा हेल्प नेपाल र होंगान्जी न्यु डायमन्ड च्याम्पियन बनेको थियो ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.