3 years ago
October 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेश जिल्ला स्तरिय पुरुष तथा महिला सेभेन ए साईड बागमती सेभेन्स रग्वी प्रतियोगिता शनिबार हुने भएको छ ।
नेपाल रग्वी संघको आयोजना तथा बागमती प्रदेश खेलकुद बिकास परिषद्को सहकार्यमा एक दिने प्रतियोगिता हुन लागेको हो । महिला तथा पुरुष १० टोली सहभागी प्रतियोगिता भक्तपुरको मध्यपुर युथ फुटबल क्लबको मैदानमा हुनेछ ।
पुरुषतर्फ ७ टोली र महिला तर्फ ३ टोली सहभागी छन् । पुरुष तर्फ काठमाडौं, नुवाकोट, काभ्रे, चितवन, मकवानपुर, रामेछाप र भक्तपुर रहेका छन् । यस्तै महिला तर्फ मकवानपुर, काठमाडौं र नुवाकोट जिल्ला रहेका छन् । खेल सिंगल राउण्ड रोबिनको आधारमा हुनेछ ।
पुरुषतर्फको विजेताले १५ हजार पाउँदा उपविजेताले १० हजार पाउनेछ । यस्तै महिलातर्फको विजेताले १० हजार प्राप्त गर्दा उपविजेताले ५ हजार पाउने आयोजक बागमती रग्बी सेभेन्सले बताएको छ । उत्कृट पुरुष तथा महिला खेलाडीले ५ हजार पाउनेछन् ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]