3 years ago
October 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै साविकको विजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब वाई वाई डाइनामाइट छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फको फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा पुलिसमाथि ३–० को सोझो सेटमा पराजित गर्दै हेल्प नेपालले लगातार दोस्रो सिजन फाइनलमा स्थान पक्का गरेको हो ।
भारतीय राष्ट्रिय टोलीका तीन खेलाडी समेटेको हेल्प नेपाले राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको पुलिसमाथि पहिलो सेटमा २५–१७ को सोझो सेटमा जित निकालेको थियो । दोस्रो सेटमा पनि आफ्नो लयलाई कायमै राख्दै हेल्प नेपालले २५–१८ को सेटमा जित निकाल्दै जित नजिक पुग्यो ।
तेस्रो सेटमा पुलिसले बलियो चुनौती पेश गरेपनि हार टार्न सकेन । तेस्रो सेटमा हेल्प नेपालले २५–२१ को सेटमा जित निकाल्न सफल भयो ।
पुरुषतर्फको दोस्रो सेमिफाइनलमा केही वेरमा त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
त्यसअघि महिलातर्फ नेपाल एपीएफ क्लब र होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले फाइनलमा स्थान पक्का गरे । एपीएफले त्रिभुवन आर्मी क्लबलाई तथा डायमन्डले नेपाल पुलिस क्लबलाई समान ३–२ को सेटमा हराउँदै फाइनलमा स्थान बनाए ।
च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको थियो । पुरुषतर्फ सहभागी टोलीलाई ४ समूहमा विभाजन गरिएको थियो । पुरुषतर्फको समूहको शीर्ष दुई टोलीले क्वाटरफाइनलमा तथा महिलातर्फको समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाएका थिए ।
च्याम्पियनसिपबाट पुरुषतर्फ ७ र महिलातर्फ ५ टोली आसन्न चैतमा हुने लिगका लागि छनोट हुनेछ । च्याम्पियन हुने पुरुष र महिला टोलीले समान ४ लाख रुपैयाँ हात पार्नेछन् । दोस्रो हुने टोलीले २ लाख तथा तेस्रो हुने टोलीले १ लाख रुपैयाँ हात पार्नेछन् । च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ हात पार्नेछन् । हरेक विधा (स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षक) ले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
पाँचौ संस्करणको च्याम्पियनसिपमा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब र महिलामा विभागीय नेपाल एपिएफ क्लब च्याम्पियन बनेको थियो । त्यस्तै पाँचौ संस्करणको लिगमा हेल्प नेपाल र होंगान्जी न्यु डायमन्ड च्याम्पियन बनेको थियो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]