3 years ago
October 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा त्रिभुवन आर्मी क्लबमाथि पाँचौ सेटमा जित निकाल्दै साविकको विजेता नेपाल एपीएफ क्लब वाई वाई डाइनामाइट छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फको फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा आर्मीमाथि ३–२ को सेटमा जित निकाल्दै एपीएफले फाइनलमा स्थान पक्का गरेको हो । आर्मीले आफुले गुमाएको सबै सेटमा जितनजिक पुगेपनि जित निकाल्न सकेन ।
प्रतिस्पर्धातम्क बनेको पहिलो सेटमा एपीएफले २७–२५ ले आफ्नो पक्षमा पारेको थियो । २४–२४ को बराबरीको अवस्थामा आर्मीले दुई खेल सेट आफ्नो पक्षमा पार्ने अवसर पाएपनि एपीएफले खेल आफ्नो पक्षमा पार्न सफल भएको थियो । प्रतिस्र्धात्मक दोस्रो सेटमा १९–१९ को बराबरीको अवस्थाबाट आर्मीले लगातार अंक जोड्दै २५–२१ ले जित्दै खेललाई १–१ सेटको बराबरीमा ल्याए ।
प्रतिस्पर्धात्मक बनेको तेस्रो सेटमा एक समय ३–७ ले पछि रहेको आर्मीले उत्कृष्ट पूनरागमन गदै २७–२५ ले सेट आफ्नो पक्षमा पार्दै अग्रता लिन सफल भएको थियो । रोमाञ्चक बनेको चौथो सेटमा एक समय आर्मीले सुरुवाती समयमा अग्रता लिएपनि एपीएफले पूनरागमन गर्दै खेललाई १६–१६ को अघि बढ्दै २३–१९ ले अग्रता लिदै जिततर्फ अग्रसर बनेको थियो ।
तर, आर्मीले लगातार ५ अंक जोड्दै २४–२३ को अग्रता लिएपछि खेल थप रोमाञ्चक बनेपनि त्यसपछि एपीएफले खेलमा फर्कदै २७–२५ को जित निकाल्न सफल भयो । निर्णायक सेटमा आर्मीले पछि परेको स्थितिमा पूनरागमन गर्दै अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा एपीएफलाई १५–१३ नतिजा सुम्पदै पराजित हुनपुग्यो ।
अब एपीएफले उपाधिका लागि होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब र विभागीय नेपाल पुलिस क्लबबीचको विजेतासँग शनिबार प्रतिस्पर्धा गर्नेछ । डायमन्ड र पुलिसबीचको खेल केहीवेरमा हुनेछ । पराजित आर्मीले डायमन्ड र पुलिसबीचको हार्ने टोलीसँग तेस्रो स्थानका लागि शनिबार प्रतिस्पर्धा गर्नेछ ।
पुरुषतर्फको सेमिफाइनलका खेल आजै (शुक्रबार) हुनेछ । सेमिफाइनलमा टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब तथा त्रिभुवन आर्मी क्लब र एपीएफबीच प्रतिस्पर्धा हुनेछ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]