default_image

3 years ago

September 30, 2021

लुम्विनीमाथि ढुकुको जित

165 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – ढुकु फुटसल हव काठमाडौंले ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगमा लुम्विनी फुटसललाई पराजित गरेको छ । ढुकुले लुम्विनीमाथि ५–२ को फराकिलो जित निकालेको हो ।

पोखरास्थित बहुउद्देश्यीय कभर्डहलमा बिहीबार भएको खेलमा ढुकुको जितमा विक्रान्त नरसिंह राणा र प्रसिद्ध मगरले समान दुई–दुई गोल गर्दा अभय रानाले एक गोल थपे । लुम्बिनीका अनोज गैरेले दुवै गोल गरेपनि हार टार्न सकेन ।

जारी लिगमा ढुकुको यो दोस्रो जित हो । पहिलो खेलमा सविन मेमोरियललाई हराएको ढुकुले त्यसपछि पाँच खेलसम्म जित निकाल्न सकेको थिएन । जसमा ५ हार र १ बराबरीको नजिता छ । यो जितपछि ढुकु ७ खेलबाट ७ अंक जोडेर सातौ स्थानमा रहेको छ । पराजित लुम्विनी ४ अंकसहित नवौं स्थानमा रहेको छ ।

यस्तै अर्काे खेलमा फुटसल फाइभले दि राइजिङ क्लब धरानलाई ७–५ ले पराजित गरेको छ । फुटसल फाइभको जितमा सरोज तामाङले ह्याट्रिक पुरा गर्दा विजय श्रेष्ठले दुई तथा रन्जित गुरुङ र प्रवेश जोशीले समान एक गोल गरे । राइजिङका सुदिप गुरुङले दुई तथा दोर्जे तामाङ, मिलन राई र हेमन्त थापामगरले गोल गरेपनि हार टार्न सकेन ।

जितपछि फुटसल फाइभ धरान ७ खेलबाट १४ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । शंखमुलसँग समान अंक रहेपनि फुटसल फाइभ गोल अन्तरमा पछि छ । पराजित राइजिङ ७ खेलबाट १३ अंक जोडेर चौथो स्थानमा झरेको छ ।

लिगमा शुक्रबार दुई खेल हुनेछ । सविन मेमोरियल र स्पोर्ट्स क्यासल, शंखमुल र स्काई गोल्स तथा झरना र प्रभातफेरी युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

लिगमा सहभागी १० टोलीले एकल राउन्ड रोविन लिगबाट शीर्ष चार टोलीले प्ले अफमा स्थान बनाउनेछन् । पहिलो प्लेअफको विजेताले फाइनलमा स्थान बनाउने छ । तेस्रो र चौथो हुने टोलीबीच दोस्रो प्लेअफमा प्रतिस्पर्धा हुनेछ । एलिमिनेटरमा पहिलो प्लेअफमा पराजित हुने टोली र दोस्रो प्लेअफको विजेताले फाइनल प्रवेशका लागि खेल्नेछन् ।

लिगको विजेताले १० लाख रुपैयाँ पाउनेछ भने उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ । लिगको विंगर (एएलए–पिभोट), डिफेन्डर (फिक्सो), उदियमान खेलाडी, गोलरक्षक र प्रशिक्षकले समान २५ हजार पाउनेछन् ।

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

January 27, 2025

अग्रता जोगाउन नसक्दा टोटनहम पराजित

एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]

Success

Thank you for your time.