3 years ago
September 30, 2021
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमाथि जित निकाल्दै विभागीय नेपाल एपीएफ क्लब वाई वाई डाइनामाइट छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फको सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बिहीबार भएको क्वाटरफाइनलको अन्तिम खेलमा नेपाल एपीएफ क्लबले गण्डकी प्रदेशमाथि ३–१ को सेटमा जित निकाल्दै सेमिफाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो । आर्मीले गल्कोर्ट स्पोर्ट्स क्लबलाई ३–१ कै सेटमा हराउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो ।
पहिलो सेटमा २५–१९ को सहज जित निकालेको एपीएफले प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट २४–२६ ले गुमाएको थियो । तेस्रो सेटमा पनि एक समय ६ अंकले पछि रहेपनि एपीएफले पूनरागमन गर्दै २७–२५ ले खेल आफ्नो पक्षमा पा¥यो । चौथो सेटमा एपीएफले २५–२० को जित निकाल्यो ।
सेमिफाइनलका खेलहरु शुक्रबार हुनेछ । सेमिफाइनलमा हेल्प नेपाल र नेपाल पुलिस क्लब तथा त्रिभुवन आर्मी क्लब र एपीएफबीच प्रतिस्पर्धा हुनेछ ।
त्यसअघि साविकको विजेता हेल्प नेपाल स्पोर्ट्स क्लबले नयाँ बजार सामाजिक युवा क्लबमाथि ३–० को सोझो सेटमा जित निकाल्दै अन्तिम चारमा पक्का गरेको छ । यस्तै नेपाल पुलिस क्लबले पनि ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा हराउँदै सेमिफाइनलमा हेल्प नेपालसँगको भेट पक्का ग¥यो ।
महिलातर्फ एपीएफ र होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्दा पुलिस र आर्मी समूह उपविजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भएका छन् ।
महिलातर्फ फाइनल प्रवेशका लागि समूह ‘ए’ को विजेता नेपाल एपीएफ क्लब र समूह ‘बी’ को उपविजेता त्रिभुवन आर्मी क्लब तथा समूह ‘बी’ को विजेता डायमन्ड र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुवै सेमिफाइनल शुक्रबार हुनेछ ।
च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ । पुरुषतर्फ सहभागी टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । पुरुषतर्फको समूहको शीर्ष दुई टोलीले क्वाटरफाइनलमा तथा महिलातर्फको समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ ।
च्याम्पियनसिपबाट पुरुषतर्फ ७ र महिलातर्फ ५ टोली आसन्न चैतमा हुने लिगका लागि छनोट हुनेछ । च्याम्पियन हुने पुरुष र महिला टोलीले समान ४ लाख रुपैयाँ हात पार्नेछन् । दोस्रो हुने टोलीले २ लाख तथा तेस्रो हुने टोलीले १ लाख रुपैयाँ हात पार्नेछन् । च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ हात पार्नेछन् । हरेक विधा (स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षक) ले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
पाँचौ संस्करणको च्याम्पियनसिपमा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब र महिलामा विभागीय नेपाल एपिएफ क्लब च्याम्पियन बनेको थियो । त्यस्तै पाँचौ संस्करणको लिगमा हेल्प नेपाल र होंगान्जी न्यु डायमन्ड च्याम्पियन बनेको थियो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]