3 years ago
September 29, 2021
काठमाडौं (हाम्रो खेलकुद) – दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब वाईवाई डाइनामाइट छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बुधबार भएको खेलमा ढोरपाटन स्पोर्ट्स क्लबमाथि ३–० को सोझो सेटमा जित निकाल्दै एक खेल बाँकी छदै अन्तिम चारमा पुग्न सफल भएको हो ।
पुलिसले तीन भारतीय खेलाडी समेटेपनि तुलनात्मक रुपमा कमजोर ढोरपाटनमाथि २५–१४, २५–१३ र २५–११ सोझो सेटमा हरायो । पुलिसको जितले समूह ‘ए’ बाट नेपाल एपीएफले पनि अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल भएको छ । अब पुलिस र एपीएफबीच समूह विजेताको लागि प्रतिस्पर्धा हुनेछ ।
यस्तै आर्मीले एभरेस्ट भलिबल ट्रेनिङ क्लबलाई ३–० को सोझो सेटमा हराउँदै एक खेल बाँकी छँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । पहिलो सेटमा २५–१२ को सहज जित निकालेको आर्मीले दोस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्दै जित नजिक पुगेको थियो ।
तेस्रो सेटमा नयाँ खेलाडीलाई अवसर दिदा एभरेस्टले आर्मीलाई चुनौती दिदा खेल २१–१९ को अवस्थामा पुगेको थियो । सेटको अन्त्यतिर आर्मीले पहिलो रोजाईकै खेलाडीलाई कोर्ट उतारेपछि आर्मीले २५–२१ को जित निकाल्न सफल भयो ।
आर्मीको जितले होङ्गान्जी न्य डायमन्ड स्पोर्ट्स क्लब पनि समूह ‘बी’ बाट एक खेल बाँकी छदै सेमिफाइनलमा पुग्न सफल भएको छ । अब बिहीबार आर्मी र डायमन्डबीच समूह विजेताको लागि भिड्नेछन् । महिलातर्फको लिगको अन्तिम खेल बिहीबार हुनेछ ।
यो नतिजासँगै पुरुषतर्फको क्वाटरफाइनल समिकरण पुरा भएको छ । क्वाटरफाइनलमा हेल्प नेपाल र नयाँ बजार, पुलिस र ढोरपाटन, आर्मी र गल्कोट तथा एपीएफ र गण्डकी प्रदेशबीच खेल हुनेछ । सबै चार क्वाटरफाइनल बिहीबार हुनेछ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]