default_image

3 years ago

September 29, 2021

लुम्विनीमाथि शंखमुलको जित

102 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – शंखमुल फुटसलले ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगमा लुम्विनी फुटसललाई पराजित गरेको छ । शंखमुलले लुम्विनीमाथि ३–२ को जित निकालेको हो ।

पोखरास्थित बहुउद्देश्यीय कभर्डहलमा बुधबार भएको खेलमा शंखमुलको जितमा विवेक पण्डित, क्रिजल खड्का र सागर थिङले गोल गरे । लुम्बिनीका रुपेन बराइली र राफी महर्जनले गोल गरेपनि हार टार्न सकेन ।

यो जितपछि शंखमुल ६ खेलबाट १४ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । पराजित लुम्विनी ४ अंकसहित नवौं स्थानमा रहेको छ ।

यस्तै अर्काे खेलमा स्पोर्ट्स क्यासल पोखराले झरना स्पोर्ट्स क्लबलाई ५–१ को फराकिलो अन्तरले पराजित गर्दै शीर्षस्थानमा यथावत रहन सफल भएको । स्पोर्ट्स क्यासलको जितमा खिमराज गुरुङले दुई गोल गर्दा विजय गुरुङ, विसन गुरुङ र किशोर गुरुङले समान एक गोल गरे । झरनाका नारायण थापामगरले सान्त्वना गोल फर्काए ।

यो जितपछि अपराजित रहेको स्पोर्ट्स क्यासल ६ खेलबाट १६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । झरना छैटौ खेलमा पनि जित निकाल्न नसक्दा अंकविहीन हुदै पुछारमा रह्यो ।

यस्तै अर्काे खेलमा स्काई गोल्सले प्रभातफेरी युथ क्लबलाई ५–४ को गोल अन्तरले पराजित गरेको छ । स्काई गोल्सको जितमा निर्मल गुरुङ, श्रीकृष्ण श्रेष्ठ र आशिष सुनामले गोल गर्दा एक गोल उपहार पाएको थियो ।

प्रभातफेरीका विशाल सारुमगरले दुई तथा अखिलेस कार्कीले एक गोल गरेपनि हार टान सकेन । सन्तलाल गुरुङको आत्मघाती गोलबाट स्काई गोल्सले खेलको पहिलो मिनेटमा नै अग्रता लिएको थियो ।

यो जितपछि स्काई गोल्स ६ खेलबाट ९ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । पराजित प्रभातफेरी ४ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
लिगमा बिहीबार दुई खेल हुनेछ । दि राइजिङ क्लब धरान र फुटसल फाइभ तथा ढुकु फुटसल र लुम्विनीबीच प्रतिस्पर्धा हुनेछ ।

लिगमा सहभागी १० टोलीले एकल राउन्ड रोविन लिगबाट शीर्ष चार टोलीले प्ले अफमा स्थान बनाउनेछन् । पहिलो प्लेअफको विजेताले फाइनलमा स्थान बनाउने छ । तेस्रो र चौथो हुने टोलीबीच दोस्रो प्लेअफमा प्रतिस्पर्धा हुनेछ । एलिमिनेटरमा पहिलो प्लेअफमा पराजित हुने टोली र दोस्रो प्लेअफको विजेताले फाइनल प्रवेशका लागि खेल्नेछन् ।

लिगको विजेताले १० लाख रुपैयाँ पाउनेछ भने उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ । लिगको विंगर (एएलए–पिभोट), डिफेन्डर (फिक्सो), उदियमान खेलाडी, गोलरक्षक र प्रशिक्षकले समान २५ हजार पाउनेछन् ।

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

January 27, 2025

अग्रता जोगाउन नसक्दा टोटनहम पराजित

एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]

Success

Thank you for your time.