3 years ago
September 29, 2021
काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश खेलकुद बिकास परिषद् बागमती प्रदेशले आयोजना गरेको एक साता लामो प्रशिक्षक कोर्ष बुधबार सम्पन्न भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रशिक्षक प्रशिक्षणमा बागमती प्रदेशका १३ जिल्लाका ३१ जनाले सहभागिता जनाएका थिए । सहभागी मध्ये ३० जनाले प्रयोगात्मक र लिखित दुबै परिक्षा उत्तीर्ण गरेका छन् ।
सहभागी र उत्तीर्णहरुलाइ परिषद्का सदस्यसचिव सुर्यलाल भण्डारीले प्रमाणपत्र प्रदान गरेका थिए । सबै जिल्लामा हुने स्थानीय स्तरका, जिल्ला स्तरका र प्रदेश स्तरका सबै प्रतियोगिता र तालीमहरु संचालन गर्न उक्त तालीमले दक्ष जनशक्ति उत्पादन गर्न सफल भएको सदस्यसचिव भण्डारीले बताए ।
सहभागी प्रशिक्षार्थी मध्येका दोलाखाकी अन्जना शिवकाकोटी र रामेछापका लालबहादुर थापाले प्रशिक्षण अबधि भरको आफ्नो अनुभुती व्यक्त गर्दै प्रशिक्षण कार्यक्रम अत्यन्तै उपयोगी भएकोले यस्तो प्रशिक्षण कार्यक्रम प्रत्येक बर्ष हुनुपर्ने बताए ।
प्रशिक्षार्थीलाइ नेपाल एथलेटिक्स संघका मुख्य प्रशिक्षक चन्द्र बहादुर गुरुङ, प्रशिक्षकहरु धनिराम चौधरी र कान्ति महतोले प्रशिक्षण दिएका थिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]