default_image

3 years ago

September 29, 2021

गल्कोटलाई हराउँदै हेल्प नेपाल समूह विजेता

108 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साविकको विजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब वाइवाइ डाइनामाइट छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ समूह ‘ए’ को विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बुधबार भएको खेलमा हेल्प नेपालले गल्कोटलाई ३–१ को सेटमा पराजत गर्दै समूह विजेता बनेको हो । हेल्प नेपालसँगको हारले पनि गल्कोट समूह उपविजेताको रुपमा अन्तिम आठमा पुग्न सफल भयो ।

पहिलो सेटमा २५–१८ को जित निकालेको हेल्प नेपालले दोस्रो सेट २२–२५ ले गुमाउँदा खेल थप रोमाञ्चक बनेको थियो । तेस्रो सेट २५–२२ ले जित्दै खेलमा फर्किएको हेल्प नेपालले चौथो सेट २५–१९ ले सहजै आफ्नो पक्षमा पार्दै विजयी हुन सफल भयो ।

जितपछि हेल्प नेपालले ३ खेलबाट ९ अंक जोड्यो । पराजित गल्कोट ६ अंकसहित दोस्रो स्थानमा रह्यो । यो समूहबाट प्रदेश २ र बागमती प्रदेशले समुह चरण पार गर्न सकेन ।

त्यसअघि समूह ‘बी’ बाट नेपाल पुलिस क्लब र गण्डकी प्रदेशले क्वाटरफाइनलमा स्थान बनायो समूह ‘सी’ बाट त्रिभुवन आर्मी क्लब र नयाँ बजार तथा समूह ‘डी’ नेपाल एपिएफ क्लब र ढोरपाटनले क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको छ ।

च्याम्पियनसिपमा बुधबार पुरुषतर्फ प्रदेश २ र बागमती प्रदेशबीच खेल हुनेछ । महिलातर्फ ढोरपाटन र नेपाल पुलिस क्लब तथा एभरेस्ट र आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.