3 years ago
September 28, 2021
पोखरा (हाम्रो खेलकुद) – बागमती प्रदेशबाट च्याम्पियन बनेर ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगमा होमिएको ढुकु फुटसल हव काठमाडौंले खराव लयलाई निरन्तरता दिदा मंगलबार दि राइजिङ क्लब धरानसँग हार बेहोरेको छ ।
ढुकुले दि राइजिङ क्लब धरानसँग ५–३ को हार बेहोरेको हो । लिगमा ढुकुको यो चौथो हार हो । लिगको आफ्नो पहिलो खेलमा सविन मेमोरियललाई हराएर सुखद् सुरुवात गरेको ढुकुले त्यसपछि जितको लयलाई निरन्तरता दिन सकेन ।
दोस्रो खेलमा फुटसल फाइभ र तेस्रो खेलमा स्पोर्ट्स क्यासलसँग हार बेहोरेको ढुकुले चौथो खेलमा प्रभातफेरीसँग बराबरी खेल्दै १ अंक जोड्न सफल हुँदा पाँचौ खेलमा शंखमुलसँग फराकिलो हार बेहोर्न पुगेको थियो ।
लिगमा अब ढुकुले तीन खेल खेल्न बाँकी रहँदा शीर्ष चारमा पर्ने सम्भावना झिनो बनेको छ । बाँकी तीन खेलमा ढुकुले जितेर मात्रै पुग्ने स्थिति छैन । अन्य टोलीको नतिजामा पनि ढुकुलाई शीर्ष चारमा पुग्न भर पर्नुपर्नेछ ।
पोखरास्थित बहुउद्देश्यीय कभर्डहलमा मंगलबार दि राइजिङ क्लब धरानको जितमा मिलन राईले दुई तथा हेमन्त थापा मगर, सुदिप गुरुङ र विवेक राईले समान एक गोल गरे । ढुकुका अमित लामा, प्रसिद्ध मगर र अभय रानाले गोल गरे ।
यो जितपछि राइजिङले ६ खेलबाट १३ अंक जोड्दै शीर्षस्थानको स्पोर्ट्स क्यासल पोखरासँग अंक बराबरी गरेपनि गोल अन्तरमा दोस्रो स्थानमा रहेको छ । पराजित ढुकु ६ खेलमा ४ अंक जोडेर सातौ स्थानमा रहेको छ ।
यस्तै अर्काे खेलमा फुटसल फाइभले सविन मेमोरियललाई ५–४ ले पराजित गरेको छ ।फुटसल फाइभको जितमा प्रवेश जोशी र विजय श्रेष्ठले समान दुई गोल गर्दा रन्जित गुरुङले एक गोल थपे । सविन मेमोरियलका अविनास तामाङले दुई तथा मनोज गुरुङ र अनुप रानामगरले गोल गरेपनि हार टार्न सकेन ।
यो नतिजापछि फुटसल फाइभ ६ खेलबाट ११ अंक जोडेर शीर्ष चारमा उक्लिएको छ । शंखमलसँग समान अंक रहेपनि गोल अन्तरमा पछि छ । पराजित सविन मेमोरियल १० अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।
लिगमा बुधबार तीन खेल हुनेछ । शंखमुल र लुम्विनी, झरना र स्पोर्ट्स क्यासल तथा प्रभातफेरी र स्काई गोल्सबीच प्रतिस्पर्धा हुनेछ ।
लिगमा सहभागी १० टोलीले एकल राउन्ड रोविन लिगबाट शीर्ष चार टोलीले प्ले अफमा स्थान बनाउनेछन् ।
पहिलो प्लेअफको विजेताले फाइनलमा स्थान बनाउने छ । तेस्रो र चौथो हुने टोलीबीच दोस्रो प्लेअफमा प्रतिस्पर्धा हुनेछ । एलिमिनेटरमा पहिलो प्लेअफमा पराजित हुने टोली र दोस्रो प्लेअफको विजेताले फाइनल प्रवेशका लागि खेल्नेछन् ।
लिगको विजेताले १० लाख रुपैयाँ पाउनेछ भने उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ । लिगको विंगर (एएलए–पिभोट), डिफेन्डर (फिक्सो), उदियमान खेलाडी, गोलरक्षक र प्रशिक्षकले समान २५ हजार पाउनेछन् ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]