default_image

3 years ago

September 28, 2021

हेल्प नेपाल र गल्कोट क्वाटरफाइनलमा

135 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साविकको विजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब र गल्कोट स्पोर्ट्स क्लब डाइनामाइट छैटौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको खेलमा हेल्प नेपालले प्रदेश नम्वर २ लाई ३–० को सोझो सेटमा पराजित गर्दै समुहमा एक खेल बाँकी छँदै अन्तिम आठमा पुग्न सफल भएको हो ।

हेल्प नेपालको जितले गल्कोटले पनि एक खेल बाँकी छदै क्वाटरफाइनलमा स्थान बनाउन सफल भयो । अब हेल्प नेपाल र गल्कोटबीच समूह विजेताको लागि प्रतिस्पर्धा हुनेछ ।

एकपक्षीय खेलमा हेल्प नेपालले २५–२१, २५–१७ र २५–१६ को सहज जित निकाल्यो । लगातार दोस्रो हारसँगै प्रदेश २ समूह चरणबाट बाहिरिएको छ । अब प्रदेश २ र बागमतीले सान्त्वना जितको लागि खेल्नेछ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.