default_image

3 years ago

September 28, 2021

इपिएलमा आज काठमाडौं र पोखरा भिड्दै

65 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को छैटौं खेलमा आज काठमाडौं किंग्स इलेभेन र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो १२ : १५ मा टियु मैदानमा सुरु हुनेछ ।

पहिलो खेलमा काठमाडौंले साविक विजेता ललितपुर प्याट्रियटर्सलाई ७ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा काठमाडौं र विराटनगरबीचको खेल भिजेको आउटफिल्डको कारण स्थगित हुन पुगेको थियो । सोमबार दुबै खेल भिजेको आउटफिल्ड र वर्षाको कारण खेलहरु स्थगित भएका थिए । सोमबार दोस्रो खेलमा भैरहवा ग्ल्याडियटर्स र चितवन राइनोजबीचको खेल वर्षाको कारण स्थगित भएको थियो । पोखरा पहिलो खेलमा भैरहवा ग्ल्याडियटर्ससँग १०.१ ओभरमा ६५–७ को खराब प्रदर्शन गरेको अवस्थामा वर्षाको कारण स्थगित हुन पुगेको थियो ।

पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी स्वदेश फर्कि सकेका छन् । उनको स्थानमा काठमाडौंले सिंगापुरका अलराउन्डर जनक प्रकाशलाई खेलाउने छ । पहिलो खेलमा रायन बर्ल र विकेटकिपर रहमानउल्लाह गुरबाजले उत्कृष्ट अर्धशतक प्रहार गर्दै टोलीलाई सहज जित दिलाएका थिए । यी दुबै ब्याट्सम्यान पोखरा विरुद्ध पनि नायक बन्न सक्छन् ।

तल्लोक्रममा सिद्धान्त लोहलीले उत्कृष्ट अन्त्य गर्न सक्छन् । पहिलो खेलमा तीव्र गतिका बलर जितेन्द्र मुखियाले उत्कृष्ट बलिङका साथ ४ विकेट लिएका थिए । पछिल्लो समय घरेलु क्रिकेटमा पनि उच्च प्रदर्शन गर्दै आएका जितेन्द्र टोलीको नायक बन्न सक्छन् । कप्तान सन्दीप लामिछाने पहिलो खेलमा खराब प्रदर्शन गरेका थिए । काठमाडौं सन्दीपबाट उत्कृष्ट प्रदर्शन चाहन्छ ।

यता पोखरा भैरहवाविरुद्ध प्रदर्शन सम्झन लायक थिएन । भैरहवाविरुद्ध वर्षाले स्थगित हुनुअघि रिचार्ड लेभी शून्य, सुनिल धमला १, विपिन रावल ६, विनोद भण्डारी र लोकेश बम दुबै गोल्डेन डक पेभिलिएन फर्केका थिए । असेला गुणरत्ने २३ रनमा आउट हुँदा विवेक यादव १६ रनमा अविजित थिए । पोखरा शीर्षक्रमका ब्याट्सम्यानबाट उच्च प्रदर्शन चाहन्छ । नन्दन यादव, विक्रम सोब र केज्रिक विलियम्स तीव्र गतिका बलिङ हतियार हुन् ।

इपिएलमा यी दुई टोलीबीच दुई खेल भएका छन् । २०१७ मा पोखरा ६ विकेटले विजयी हुँदा २०१८ मा ५ विकेटले पराजित भएको थियो । मंगलबार सामान्य वर्षाको सम्भावना छ । दुबै टोलीलाई खेलको भन्दा वर्षाको चिन्ता थपिएको छ । काठमाडौंमा आज बिहान भने मौसम सफा र घाम लागेको छ ।

काठमाडौंको टोली : सन्दीप लामिछाने (कप्तान), जितेन्द्र कुमार मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, मोहम्मद साम्सद शेख, अमर सिंह राउटेला, सुवास खकुरेल, आकाश चन्द, शेर मल्ल, दीपेन्द्र रावत, गुलशन झा, सिद्धान्त लोहनी, रयान बर्ल, शाहिद अफ्रिदी, जनक प्रकाश र रहमानउल्लाह गुरबाज

पोखरा टोली : विनोद भण्डारी (कप्तान), सुनिल धमला, रित गौतम, किशोर महतो, विक्रम सोब, विपिन खत्री, लोकेश बम, पृथु बास्कोटा, विवेक यादव, विपिन रावल, अर्जुन कुमाल, रविन्द्र जंग शाही, देव शाह, शोहिल कुँवर, रिचर्ड लेभी (दक्षिण अफ्रिका), केस्रिक विलियम्स (वेस्टइन्डिज), असेला गुणरत्ने(श्रीलंका) र सहान अर्चाचिगे (श्रीलंका)

December 18, 2024

भारत र अस्ट्रेलियाबीचको टेस्ट बराबरीमा

एजेन्सी – भारत र अस्ट्रेलियाबीचको बोर्डर गावास्कर ट्रफी अन्तर्गतको तेस्रो टेस्टमा बराबरीमा सकिएको छ । तेस्रो टेस्टमा अस्ट्रेलियाले जितका लागि दिएको २ सय ७५ रनको लक्ष्य पछ्याउने क्रममा पाँचौं तथा अन्तिम दिन बुधवारको खेल वर्षाका कारण हुन सम्भव भएन । पहिलो इनिङमा अस्ट्रेलियाले भारतविरुद्ध १ सय ८५ रनको अग्रता लिएको थियो । दोस्रो इनिङमा ८९ […]

December 13, 2024

विराटनगरले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको टस जित्दै विराटनगरका कप्तान सन्दीप लामिछाने ब्याटिङ रोजेका हुन् ।

December 12, 2024

युएईका अलराउन्डर हमिद चितवनमा अनुबन्ध

काठमाडौं(हाम्रो खेलकुद) – चितवन राइनोजले युएईका अलराउन्डर बासिल हमिदलाई बाँकी रहेको नेपाल प्रिमियर लिग(एनपिएल) को लागि टोलीमा भित्र्याएको छ । विदेशी खेलाडीका रुपमा चितवनले हमिदलाई टोलीमा भित्र्याएको बिहीवार जनाएको छ । हमिदले युएईको लागि निरन्तर प्रभाव पार्दै आएका छन् । उनले टी ट्वान्टीमा ७० खेल्दै ८ सय ५८ रन बनाउनुको साथै ३८ विकेट लिएका छन् […]

Success

Thank you for your time.