default_image

3 years ago

September 25, 2021

एनभिए क्लब च्याम्पियनसिपको तयारी पूरा, पहिलो दिन चार खेल

234 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको तयारी पुरा भएको नेपाल भलिबल संघले जनाएको छ ।

१० देखि १६ असोजसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने च्याम्पियनसिपको पहिलो दिन पुरुषतर्फको समूह चरणको चार खेलमा प्रतिस्पर्धा हुने संघले जनाएको छ । महिलातर्फको खेल १२ असोजदेखि शुरु हुनेछ ।

पहिलो दिन विभागीय त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश, एपिएफ र ढोरपाटन स्पोर्ट्स क्लब, बागमती प्रदेश र गल्कोट स्पोर्ट्स क्लब तथा नेपाल पुलिस क्लब र दावाली मिलन क्लब (डिएमसी) बीच प्रतिस्पर्धा हुनेछ ।

च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ । पुरुषतर्फ सहभागी टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब, प्रदेश नम्वर २, बागमती प्रदेश र गल्कोट स्पोर्ट्स क्लब रहेका छन् । समूह ‘बी’ मा नेपाल पुलिस क्लब, मणि मुकुन्द भलिबल क्लब, दावाली मिलन क्लब र गण्डकी प्रदेश रहेका छन् ।

समूह ‘सी’ मा त्रिभुवन आर्मी क्लब, नयाँबजार सामाजिक युवा क्लब र कर्णाली प्रदेश तथा समूह ‘डी’ मा नेपाल एपीएफ क्लब, बुढानिलकण्ठ भलिबल क्लब र ढोरपाटन स्पोर्ट्स क्लब रहेका छन् । हरेक समूहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछ ।

महिलातर्फ ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल एपिएफ क्लब, ढोरपाटन स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब रहेका छन् । समूह ‘बी’ मा होंगान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब, एभरेष्ट भलिबल क्लब बुटवल र त्रिभुवन आर्मी क्लब, रहेका छन् ।

हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ । च्याम्पियनसिपबाट पुरुषतर्फ ७ र महिलातर्फ ५ टोली आसन्न चैतमा हुने लिगका लागि छनोट हुनेछ ।

च्याम्पियन हुने पुरुष र महिला टोलीले समान ४ लाख रुपैयाँ हात पार्नेछन् । दोस्रो हुने टोलीले २ लाख तथा तेस्रो हुने टोलीले १ लाख रुपैयाँ हात पार्नेछन् । च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ हात पार्नेछन् । हरेक विधा (स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षक) ले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यसपटक च्याम्पियनसिपमा सहभागी हुने टोलीले खर्चको व्यवस्थापन आफैं गर्नुपर्नेछ । यसअघि संघले केही खर्च व्यवस्थापन गर्दै आएको थियो । नियम अनुसार हरेक टोलीले बढीमा ३ विदेशी खेलाडी राख्न पाइने छ । विदेशी खेलाडीले श्रम स्वीकृतिसँगै आफ्नो राष्ट्रिय संघको पत्र समेत पेश गर्नुपर्ने हुन्छ ।

पाँचौ संस्करणको च्याम्पियनसिपमा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब र महिलामा विभागीय नेपाल एपिएफ क्लब च्याम्पियन बनेको थियो । त्यस्तै पाँचौ संस्करणको लिगमा हेल्प नेपाल र होंगान्जी न्यू डायमन्ड च्याम्पियन बनेको थियो ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.