3 years ago
September 24, 2021
पोखरा (हाम्रो खेलकुद) – शंखमुल फुटसल काठमाडौंले दि राइजिङ क्लब धरानलाई ए’ डिभिजन राष्ट्रिय फुटसल लिगमा पहिलो हार चखाएको छ ।
पोखराको बहुउद्देश्यीय कभर्डहलमा शुक्रबार भएको खेलमा शंखमुलले राइजिङलाई ५–२ ले हराउँदै लिगमा पहिलो हार चखाएको हो ।शंखमुलको जितमा क्रिजल खड्काले दुई तथा अरुज सिंह, मनि लामा र सुसान श्रेष्ठले समान एक गोल गरे । राइजिङका नागेन राई र सुदिप गुरुङले गोल फर्काए ।
पहिलो हार बेहोरेसँगै राइजिङले लिगमा आफ्नो शीर्षता गुमाएको छ । राइजिङको चार खेलबाट ९ अंक छ । अपराजित शंखमुल ४ खेलबाट ८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
शुक्रबार नै झरना स्पोर्ट्स क्लब लुम्बिनीलाई ७–१ को फराकिलो गोल अन्तरले पराजित गरेपछि सविन मेमोरियल एफसी पोखरा लिगको शीर्षस्थानमा उक्लिएको छ ।
सविन मेमोरियलको फराकिलो जितमा अविनाश तामाङले ह्याट्रिक पुरा गर्दा मनिष सेढाईले दुई तथा सुनिल विक र मनोज गुरुङले समान एक गोल गरे । झरनाका जितेश गुरुङले सान्त्वना गोल फर्काए ।
समान ९ अंक रहेपनि सविन मेमोरियलले राइजिङलाई गोल अन्तरमा पछि पारको हो । झरनाले अंकको खाता खोल्न सकेको छैन ।
यस्तै अर्काे खेलमा प्रभातफेरी युथ क्लबले लिगमा पहिलो अंक जोड्दा ढुकु फुटसल हवसँग ४–४ गोलको बराबरी खेलेको छ । ढुकुका विक्रान्त नरसिंह रानाले दुई तथा अभय राना र सुमन तामाङले समान एक गोल गरे । प्रभातफेरीका धिरज जोशी, सन्तलाल गुरुङ, श्रीजेश पुरी र धिरज श्रेष्ठले समान एक गोल गरे ।
यो नजिता पछि ढुकु चार खेलबाट ४ अंक जोडेर सातौ स्थानमा रहेको छ । लिगमा पहिलो अंक जोडेर प्रभावफेरी १ अंकसहित नवौं स्थानमा छ ।लिगमा शनिबार दुई खेल हुनेछ । स्काई गोल्स काठमाडौं र फुटसल फाइभ तथा स्पोर्ट्स क्यषसल पोखरा र लुम्विनी फुटसलबीच प्रतिस्पर्धा हुनेछ ।
लिगमा सहभागी १० टोलीले एकल राउन्ड रोविन लिगबाट शीर्ष चार टोलीले प्ले अफमा स्थान बनाउनेछन् । पहिलो प्लेअफको विजेताले फाइनलमा स्थान बनाउने छ । तेस्रो र चौथो हुने टोलीबीच दोस्रो प्लेअफमा प्रतिस्पर्धा हुनेछ । एलिमिनेटरमा पहिलो प्लेअफमा पराजित हुने टोली र दोस्रो प्लेअफको विजेताले फाइनल प्रवेशका लागि खेल्नेछन् ।
लिगको विजेताले १० लाख रुपैयाँ पाउनेछ भने उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ । लिगको विंगर (आला–पिभोट), डिफेन्डर (फिक्सो), उदियमान खेलाडी, गोलरक्षक र प्रशिक्षकले समान २५ हजार पाउनेछन् ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]