default_image

3 years ago

September 24, 2021

युवा स्पाइकर रिया अस्पतालबाट डिस्चार्ज

150 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीको बन्द प्रशिक्षणमा पर्न सफल होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबकी युवा उदियमान स्पाइकर रिया कुँवर शुक्रबार अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

उनको गत सोमबार ट्रमा सेन्टरमा डाक्टर भद्र हमालको नेतृत्वमा रहेको टोलीले झन्डै दुई घन्टा लगाएर बायाँ घुँडाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसीएल) को सफल शल्यक्रिया भएको थियो ।

अस्पतालबाट डिस्चार्ज हुने क्रममा रियाले अहिले दुखाई महसुस नभएको र छिट्टै मैदानमा फर्कने बताइन् । ‘मलाई त अप्रेसन भए जस्तो नै लागेको छैन । दुखाई पनि छैन । अब निरन्तर फिजियोमा रहनेछु ।’ १५ वर्षीय रियाले भनिन्, ‘चोटबाट छिट्टै पूनरागमन गर्नेछु । पहिले भन्दा राम्रो खेल्ने प्रयास गर्नेछु ।’

रियाँको झन्डै एक महिनाअघि प्रशिक्षणका क्रममा बायाँ घुँडाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसीएल) च्यातिएपछि शल्यक्रिया नै गर्नुपरेको थियो । डाक्टर भद्र हमालले शल्यक्रिया राम्रो भएको र फिजियो विशेष ध्यान दिएमा ९ महिनाभित्रमा आफ्नो पुरानो खेलमा फर्कन सक्ने बताएका छन् ।

सोमबार शल्यक्रिया भएपछि रियाले ट्रमा सेन्टरकै फिजियो थेरापिस्ट निकेश डाँगीसँग फिजियो गराइरहेकी थिइन् । अब उनको नियमित फिजियो निकेशसँग नै हुनेछ ।

सामाजिक सेवा इकाई प्रमुख तथा ट्रमा सेन्टरका सुचना अधिकारी अर्जुन प्रसाद भेटवालले उनको शल्यक्रिया राम्रो भएको र अब फिजियो पछि नै उनले कति समयमा कोर्टमा फर्कने त्यसमै भर पर्ने बताए । उनले ६ महिनापछि नै अभ्यासहरु गर्न सकिने र ९ महिनापछि व्यवसायिक खेल खेल्न सक्ने सम्भावना रहेको समेत थपे ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको उपचारमा सहजीकरण गर्ने फोकल पर्सन राज कुमार पोखरेलले गर्दै आएको छ । उनकै पहलमा ब्याडमिन्टनकी सीतामाया राई पनि ट्रमामै शल्यक्रिया भएको थियो ।

शल्यक्रियासँगै उनी झन्डै ६ देखि ९ महिना मैदान बाहिर रहनेछिन् । यो सँगै रियाले घरेलु भलिबलमा आउदो १० असोजदेखि शुरु हुने छैटौं संस्करण एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिपसँगै अन्य प्रतियोगिताहरु गुमाउनेछिन् ।

१० असोजदेखि सुरु हुने एनभिए क्लब च्याम्पियनसिपकै प्रशिक्षण दौरान न्यु डायमन्डको आफ्नै कोर्टमा रियाले स्पाइकका लागि जम्प गर्ने प्रयास गर्दा दुखाई महसुस गर्दै दुई साताअघि घुडाँमा सामान्य चोट बोक्न पुगेकी थिइन् । त्यसपछि उनलाई क्लबको मेडिकल पार्टनर अर्थाेप्लास्टमा लगिएको थियो । त्यहाँ फिजियोसँग केहि समय रिह्याब गरेपछि फिट भएपछि उनी पुन प्रशिक्षणमा फर्किएकी थिइन् । पुनः दुखाई महसुस गरेपछि राष्ट्रिय ट्रमा सेन्टरमा एमआरआई गरिएको थियो ।

एमआरआई परिक्षणमा उनको घुडाँको एसिएल (एन्टेरिएर क्रुसिएट लिगामेन्ट) च्यातिएको र शल्यक्रिया नै गर्नुपर्ने भएको हो । पछिल्लो समय रियालाई नेपाली भलिबलमा योगदान दिन सक्ने खेलाडीको रुपमा हेरिएको छ । १५ वर्षीय रियाले एसियन महिला भलिबल च्याम्पियनसिपको लागि नेपाल भलिबल संघले छनोट गरेको ३० सदस्यीय टोली हुदै १८ सदस्यीय टोलीमा स्थान बनाउन सफल भएकी थिइन् ।

नेपाल भलिबल संघले रियाको उपचारको लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) सँग समन्वय गरेपछि ट्रमा सेन्टरमा उनको शल्यक्रियाको व्यवस्था भएको हो । राखेप र ट्रमा सेन्टरबीच खेलाडी तथा अन्यको उपचारको सहजताको लागि सम्झौता भएको थियो ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.