default_image

3 years ago

September 23, 2021

ढुकुमाथि स्पोर्ट्स क्यासलको सानदार पूनरागमन जित

127 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – तीन गोलले पछि परेको स्थिति उल्ट्याउँदै स्पोर्ट्स क्यासल पोखराले ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगमा ढुकु फुटसल हव काठमाडौंमाथि सानदार जित निकालेको छ ।

पोखराको बहुउद्देश्यीय कभर्डहलमा बिहीबार भएको खेलमा स्पोर्ट्स क्यासलले ढुकुमाथि ५–३ को पूनरागमन जित निकालेको हो । क्यासलको पूनरागमन जितमा खिम राज गुरुङले दुई तथा योगेश गुरुङ, सुमित श्रेष्ठ र दिपेश घलेले गोल गरे । ढुकुका विक्रान्त नरसिंह रानाले दुई तथा उर्केन शेर्पाले गोल गरेपनि हार टार्न सकेन ।

खेलको १०औं मिनेटमा पिभोट विक्रान्त नरसिंह रानाको गोलबाट ढुकुले अग्रता लिएको थियो । १२औं मिनेटमा आला उर्केन शेर्पाले गोल गर्दै ढुकुको अग्रता दोब्बर बनायो । २०औं मिनेटमा विक्रान्तले गोल गरेपछि ढुकुले पहिलो हाफमा ३–० को आरामदायी अग्रता लिएको थियो । तर त्यो अग्रतालाई ढुकुले दोस्रो हाफमा जोगाउन नसक्दा पराजित हुन पुग्यो ।

२२औं मिनेटमा आला योगेश गुरुङले गोल गर्दै स्पोर्ट्स क्यासललाई खेलमा फर्कने संकेत दिए । २७औं मिनेटमा पिभोट खिम राज गुरुङले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याए । २९औं मिनेटमा आला सुमित श्रेष्ठले गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याए । ३२औं मिनेटमा खिम राज गुरुङले गोल गर्दै स्पोर्ट्स क्यासललाई खेलमा ४–३ को अग्रता दिलाए ।

३६औं मिनेटमा फिक्सो दिपेश घलेले गोल गर्दै स्पोर्ट्स क्यासललाई ५–३ को पूनरागमन जित दिलाए । स्पोर्ट्स क्यासलका खिम राज गुरुङ प्लेयर अफ दि म्याच चुनिए । उनले ५ हजार रुपैया पाए । यो जितसँगै अपराजित रहेको स्पोर्ट्स क्यासल ३ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । शीर्षस्थानको दि राइजिङ क्लब धरानको ९ अंक छ । पराजित ढुकुको ३ खेलबाट ३ अंक छ ।

यस्तै अर्काे खेलमा सविन मेमोरियल एफसी पोखराले मछिन्द्र स्काई गोल्सलाई ३–२ ले पराजित गरेको छ । सविन मेमोरियलको जितमा अविनाश तामाङले दुई तथा भर्दान लामाले एक गोल गरे । स्काई गोल्सका आशिष सुनामले दुवै गोल गरेपनि हार टार्न सकेन ।

सविन मेमोरियलका अविनाश तामाङ प्लेयर अफ दि म्याच चुनिए । उनले ५ हजार रुपैया पाए । यो नतिजापछि सविन मेमोरियलको ३ खेलबट ६ अंक पुगेको छ । पराजित स्काई गोल्सको ३ खेलबाट ३ अंक छ ।

यस्तै अर्काे खेलमा लुम्विनी फुटसल रुपन्देही र फुटसल फाइभले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीपछि लुम्विनी फुटसलको ३ खेलबाट ४ अंक पुगेको छ । फुटसल फाइभको ५ अंक पुगेको छ । फुटसल फाइभका विजय श्रेष्ठ प्लेयर अफ दि म्याच चुनिए । उनले ५ हजार रुपैया पाए ।

लिगमा शुक्रबार तीन खेल हुनेछ । शंखमुल र राइजिङ, झरना र सविन मेमोरियल तथा प्रभातफेरी र ढुक फुटसल हवबी प्रतिस्पर्धा हुनेछ ।

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

January 27, 2025

अग्रता जोगाउन नसक्दा टोटनहम पराजित

एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]

Success

Thank you for your time.