3 years ago
September 23, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पच्चीसौं एसियाली टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रबार कतारको दोहा जाने भएका छन् ।
सेप्टेम्बर २५ देखि अक्टोबर ५ तारिखसम्म हुने प्रतियोगिताको पुरुषमा श्यान्टु श्रेष्ठ, विनेश खनियाँ र अमरलाल मल्ल सहभागी हुने छन् । महिलामा एलिना महर्जन, सिक्का सुवाल र इभाना थापा छन् ।
खेलाडीले विभिन्न ७ स्पर्धामा सहभागिता जनाउने अखिल नेपाल टेबलटेनिस संघले जनाएको छ । टोली नेतामा टेबलटेनिस संघका केन्द्रीय अध्यक्ष चतुरानन्दराज वैद्य, प्रशिक्षकमा मुख्य प्रशिक्षक सन्जिव ढुंगेल र शंकर गौतम तथा निर्णायकमा तेजेन्द्रसिंह महरा रहेका छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।
November 23, 2024
एजेन्सी – इङ्लिस प्रिमियर लिगमा शनिवार चेल्सीले लेस्टर सिटीलाई २-१ ले पराजित गरेको छ। निकोलस ज्याक्सन र एन्जो फर्नान्डेजको गोल चेल्सी विजयी भएको हो। प्रिमियर लिगमा चेल्सीको यो सिजनमा यो छैटौं जित हो। किङ्स पावर स्टेडियममा चेल्सीले सुरुआतदेखि नै घरेलु टाेली लेस्टरमाथि दबदबा कायम राखेको थियो। १५औं मिनेटमै फर्नान्डेजकै क्रसमा ज्याक्सनको गोलमा चेल्सी अग्रता लियो । ७५औं मिनेटमा […]
November 22, 2024
काठमाडौं (हाम्रो खेलकुद)- फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनल २८औं संस्करणको यु-२१ तर्फको उपाधि विजेता नेपालका नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य स्वदेश फर्किएका छन्। सदभावलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा आज राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल गल्फ संघका अध्यक्ष टासी घले तथा संघका पदाधिकारीहरुले स्वागत गरे। नेपाली खेलाडीले फाल्डो सिरिज अन्तर्गत ग्रान्ड फाइनलमा […]
November 21, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपालका नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्यले २८औं संस्करणको फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनल अन्तर्गत यु-२१ तर्फको उपाधि जितेका छन्। नेपालले फाल्डो सिरिज ग्रान्ड फाइनलमा उपाधि जितेको यो पहिलो पटक हो। सदभाव ओभरअलतर्फ दोस्रो भए।युएईको आबुधाबीस्थित अल आइन इक्वेसटेरियन सुटिङ एण्ड गल्फ क्लबमा भएको प्रतियोगिताको अन्तिम दिन बिहीवार १-अन्डर ६९ स्कोर […]