3 years ago
September 22, 2021
काठमाडौं (हाम्रो खेलकुद) – टोकियो पारालिम्पिकमा लाइन जजको भुमिका निर्वाह गरेका ब्याडमिन्टन एशियाका एक्रिडियटेड अम्पायर, बिश्व ब्याडमिन्टन महासंघका सर्टिफाईड लाईन जज तथा राष्ट्रिय अम्पायर उदय अर्याललाई नेपाली राष्ट्रिय ब्याडमिन्टन अम्पायरहरुले स्वागत तथा सम्मान गरेका छन् ।
प्रथम रिभाइव लिजर पार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपको समापन समारोह दौरान उनलाई सम्मान गरिएको हो । राष्ट्रिय ब्याडमिन्टन अम्पायर पुष्पा घिमिरे, दुर्गा भण्डारी शर्मा, मन्दिरा न्यौपाने, केदार धिमाल, निरन्जन रिमाल, राजु श्रेष्ठ, भानुभक्त सिटौला र भवानी विक्रम आङदेम्वे, ऋषि अर्याल, विकास खेतानलगायतले सम्मानित गरेका हुन् । यस्तै नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, उपाध्यक्ष सुभास श्रेष्ठ र सचिव समिर बहादुर सिंहको पनि उपस्थिति रहेको थियो ।
अम्पायर अर्यालले टोकियो पारालिम्पिकमा पहिलो चरणदेखि फाइनल चरणसम्म १७ खेलमा खेलाएको थियो । पारालिम्पिकमा पारा ब्याडमिन्टन पहिलोपटक समावेश गरिएको विधा हो । त्यसमा सहभागी हुने अर्याल पहिलो नेपाली बिडब्लुएफ लाइन जज बने ।
अर्यालले यसअघि पोल्याण्डको क्याटोविचमा सन् २०१९ मा आयोजना भएको बिश्व सिनियर ब्याडमिन्टन च्याम्पियनसिप र हङकङमा अप्रिल सन् २०१९ मा आयोजना भएको ब्याडमिन्टन एशिया मिक्स टिम च्याम्पियनसिपमा पनि निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।