default_image

8 years ago

November 10, 2016

नेपालमा एसियाली युथ र जुनियर भारोत्तोलन आयोजना हुने

139 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले अर्को बर्ष एसियाली युथ तथा जुनियर भारोत्तोलन च्याम्पियनसिप आयोजना गर्ने भएको छ । जापानको टोकियोमा भइरहेको एसियाली युथ तथा जुनियर भारोत्तोलनका दौरान बुधबार भएको एसियाली भारोत्तोलन महासंघको कार्यकारी बैठकले अर्को संस्करण नेपाललाई आयोजना गर्न दिने निर्णय गरेको हो । नेपाल भारोत्तोलन संघले दिएको जानकारी अनुसार च्याम्पियनसिप २०१७ को जुलाई २१ देखि ३० सम्म हुनेछ ।

wl
नेपालले युथ, जुनियरसँगै सिनियर भारोत्तोलन च्याम्पियनसिप आयोजनाका लागि दाबेदारी प्रस्तुत गरेको थियो । तर, सिनियर च्याम्पियनसिप आयोजनाको जिम्मेवारी भने दक्षिण कोरियाले पाएको छ । बैठकमा दक्षिण एसियाली भारोत्तोलन संघका उपाध्यक्ष एवं एसियाली भारोत्तोलन महासंघका अध्यक्ष मोहम्मद युसुफ अल्मानाका सहायक समेत रहेका नेपाल भारोत्तोलनका अध्यक्ष रतनकुमार टण्डनले भाग लिएका थिए । यसअघि नेपालले सन् २०१५ को अगष्टमा सिनियर एसियाली भारोत्तोलन च्याम्पियनसिप आयोजनाको जिम्मेवारी पाएको थियो । तर, २०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण त्यो प्रतियोगिता थाइल्यान्डमा सारिएको थियो ।

March 24, 2025

दिल्लीको रोमाञ्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

Success

Thank you for your time.