3 years ago
September 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एचटुओका रविन थापा र एपीएफका प्रदीप महर्जन आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि सञ्चालित खुला छनोट प्रतियोगिताको ५१ केजीमा शनिबार फाइनलमा प्रवेश गरेका छन् ।
नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा रविनले नेपाल प्रहरीका चन्द्र थापा मगर तथा प्रदीपले अल्फाका विशेष बुढा मगरलाई पराजित गरे ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भइरहेको प्रतियोगिताको ५७ केजीमा एपीएफका पुरन राईले दाङका निसम घर्ती मगर तथा बक्समान्डुका सरोज महर्जनले नेपाल आर्मीका पुरन सुनवारलाई हराउदै फाइनलमा स्थान सुरक्षित गरे ।
६३ केजीमा प्रहरीका भूपेन्द्र थापा मगरले नक्सालका आयुशमान चटौतबाट वाकओभर पाउदै भीपीपीकेआरका पवन गुरुङसंग फाइनल भेट पक्का गरे । अर्को सेमिफाइनलमा पवनले एपीएफका झलक रोकायालाई पन्छाएका थिए ।
७१ केजीमा एपीएफका विकास लामाले नक्सालका यमराज चौलागाईं तथा आर्मीका दीपेश लामाले एचटुओका विजय बाटालाई पाखा लगाउदै फाइनलमा पुगे । ललितपुरका सनिल शाहीले नक्सालका अश्विन धीरज श्रेष्ठलाई निराश पार्दै ६७ केजीको सेमिफाइनलमा स्थान पक्का गरे ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]