3 years ago
September 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल स्नुकर, बिलियर्ड तथा पुल संघले ३६औं एसियाली पुरुष स्नुकर च्याम्पियनसिपमा सहभागी भइ स्वदेश फर्किएका नेपाली टोलीलाई शनिबार स्वगात गरेका छन् ।
सेप्टेम्बर १२ देखि १६ तारिखसम्म भएको प्रतियोगितामा २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली सहभागी थिए । उनीहरुलाई संघका अध्यक्ष चारपटकका स्नुकरका राष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मी, महासचिव केशव अधिकारी, खेलाडीलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
अंकितमान श्रेष्ठले प्रि–क्वाटरफाइनलसम्मको यात्रा तय गरे । लिगमा अंकितले ४ खेल मध्ये ३ मा जित हात पार्दै अन्तिम ३२ का लागि छनोट भएका थिए । उनले लिगमा कतारलाई ४–३, युएईलाई ४–२ र इराकलाई ४–३ ले पराजित गरेका थिए । भारत विरुद्धको खेलमा भने अंकित ४–० ले पछि परे ।
अन्तिम ३२ को प्रतिस्पर्धामा अंकितले कतारलाई ४–३ ले हराउदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरेका थिए । प्रिक्वाटरफाइनलमा भने अंकित इरानसंग ४–० ले रोकिए । प्रतियोगितामा अंकितले ८३ अंकको ब्रेक गर्दै ४२ खेलाडी सहभागी मध्ये ११ औं स्थान हात पारे ।
अर्का खेलाडी निर्मल बोगटीले समान २–२ खेलमा जित÷हार आत्मसात गरे । उनले जोर्डनलाई ४–२ तथा कुवेतलाई ४–३ ले पन्छाएका थिए । निर्मल पाकिस्तानसंग ४–० र कतारसंग ४–३ ले चुके ।
अध्यक्ष मुल्मीले सीमित श्रोत र साधनका बावजुद खेलाडीले उच्च प्रदर्शन गरेकोमा बधाइ दिदै नेपाली खेलाडी पनि कोहि भन्दा कम नभएको सन्देश दिन सफल भएको धारणा व्यक्त गरे । न
ेपाल स्नुकर, बिलियर्ड तथा पुल संघका सचिव समेत रहेका सञ्जयकुमार मुल्मीले टोली प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । संघका अनुसार प्रतियोगितामा विभिन्न १९ राष्ट्रका ४२ खेलाडीले सहभागिता जनाएका थिए ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]