default_image

3 years ago

September 18, 2021

सीमालाई फिलिट नेपालको प्रायोजन

277 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय ब्याडमिन्टन खेलाडी सीमा राजवंशीलाई मलेसियन ब्राण्डको फिलिटको नेपालमा रहेको फिलिट नेपालले प्रायोजन गरेको छ ।नेपालको लागि आधिकारिक बिक्रेता रहेको टु एम इन्टरनेसनलले सीमालाई रिभाइज लिजर पार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप दौरान प्रायोजन गरेको हो ।

उनलाई टुर्नामेन्ट किट्स (खेल पोशाक, र्‍याकेट, स्ट्रिङ, जुत्ता, मोजा, ब्याग, ग्रिप) प्रदान गरिएको छ । फिलिट नेपालकी मार्केटिङ म्यानेजर मनिषा खड्काले यो सुरुवात मात्रै रहेको र आगमी दिनमा सीमासँगै अन्य खेलाडीलाई पनि प्रायोजना गर्ने योजना रहेको बताइन् ।

अब सीमाले फिलिट नेपालकै नामबाट रिभाइभ ब्याडमिन्टन च्याम्पियनसिप खेल्नेछिन् । उनले आफ्नो पहिलो खेलमा हरिसिद्धि क्लबकी सुनेना महर्जनलाई २१–५ र २१–२ को सोझो सेटमा हराउँदै विजयी सुरुवात गरेकी छिन् ।

जहँदा गाँउपालिका २ भाथीगछ मोरङकी १९ वर्षीय सीमा विश्व जुनियर वरीयतामा ४२औं स्थानमा रहेकी छिन् । नेपालको वरीयतामा नवौं स्थानमा रहेकी उनले जुनियर च्याम्पियनसिपसँगै सिनियर च्याम्पियनसिप खेल्दै उपाधि जितेकी छिन् ।

मलेसियन ब्रान्डको फिलिटलाई टु एम इन्टरनेसनलले करिब दुई महिना अघि नेपालमा भित्र्याएको हो । युएन पार्कमा मुख्य कार्यालय रहेको फिलिटले काठमाडौंमा चावाहिल, पेप्सीकोला र कलंकीसँगै उपत्यका बाहिर महेन्द्रनगर धनगढी, धादिङ, पोखरा र विराटनगरमा आफ्नो उत्पादनलाई पठाइसकेको छ । फिलिटले लामो समयदेखि ब्याडमिन्टनको मात्रै सामग्रीहरु उत्पादन गर्दै आइरहेको छ ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.