3 years ago
September 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – खेल पत्रकारद्धय श्याम चित्रकार र जित बहादुर साउद सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघको एसोसिएट प्रदेश समितिले शुक्रबार धुलिखेलमा आयोजित प्रथम राष्ट्रिय सम्मेलनमा चित्रकार र साउदलाई सम्मान गरेको हो ।
एसोसियट प्रदेश समितिले ७० वर्ष उमेर पार गरेर सक्रिय पत्रकारितामा आबद्ध चित्रकारलाई अग्रज पत्रकारिता सम्मान र साउदलाई कोरोना संकट सक्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको हो । दुवैले सम्मानसहित ताम्रपत्र प्राप्त गरेका थिए । उनीहरुलाई अर्थमन्त्री जनार्दन शर्मालगायतले पुरस्कृत गरे ।
कोरोना संकटमा सक्रिय पत्रकारिता गरेका खेलकुदबाट साउदसहित चलचित्रबाट रिना मोक्तान, कार्टुनबाट बिरोचन मल्ल ठकुरी, फोटोबाट चन्द्रबहादुर आले, आर्थिकबाट मेनुका कार्की, राजनीति तथा सामाजिकबाट गोबिन्द मरासिनी सम्मानित भए । सबैले सम्मान सहित १० हजार रुपैयाँ नगद प्राप्त गरे । कार्यक्रममा एसोसियट संस्थामा आबद्ध ७० वर्ष नाघेका पत्रकारलाई पनि सम्मान गरिएको थियो ।
जसमा चित्रकार सहित गेहेन्द्रमान अमात्य, मोहनश्याम खोकना र समज्ञ लाकौल सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले संकटपूर्ण अवस्थामा रहेको पत्रकारिता र सञ्चार संस्थामा राज्यको तर्फबाट दायित्व र भुमिका बढाउन आग्रह गरेका थिए । अर्थमन्त्री शर्माले पत्रकारको सुरक्षाका लागि राज्यले आवश्यक कदम चाल्ने आश्वासन दिए ।
विधागत पत्रकारिताको एजेण्डालाई संस्थागत ढङ्गले अघि बढाउन महासंघको एसोसिएट प्रदेशले दुई दिने राष्ट्रिय भेलाको आयोजना गरेको हो । शनिबार धुलिखेल घोषणा पत्र जारी गर्दै सम्मेलन सकिनेछ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]