default_image

8 years ago

November 10, 2016

रेडबुल फुटलस लिगमा कुमारी बराबरीमा रोकियो ,ढुकुलाई सफलता

130 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कुमारी फुटबलले रेडबुल फुटसल लिगअन्तर्गत समूह बीको शीर्षस्थानमा पुग्ने मौका गुमाएको छ । सामाखुसी फुटसलसँग बिहीबार ५–५ बराबरी खेलेपछि सामाखुसी शीर्षस्थानमा पुग्नबाट बञ्चित भयो । बिहीबारकै अर्को खेलमा होम ग्राउन्डमा ढुकु फुटसल हवले बानेश्वर रिक्रियसन सेन्टरलाई ८–४ ले हरायो । पराजित ग¥यो ।

img_9518

ढुकुलाई जिताउन सुरज राउतले ह्याट्रिक गरे भने म्यान अफ दी म्याच सविन केसी र प्रवेश अधिकारीले २÷२ गोल गरे तथा अंशु कार्कीले १ गोल गरे । बानेश्वरका लागि सुनिल तामाङले २, मानसाजन राजभण्डारी र सञ्जय श्रेष्ठले समान १ गोल गरे ।
होम ग्राउन्डमा कुमारीले सामाखुसीसँग अंक बाड्यो । कुमारीका अभिषेक रिजाल एक्लैले ५ गोल गरे । सामाखुसीका नविन लामाले २, रवि थापा, देवचन्द्र थापा र श्याम नेपालीले समान १ गोल गरे । कुमारीका अर्पण कार्की म्यान अफ दी म्याच बने । भए ।

img_9650
समूह बीको शीर्ष टोली हरिसिद्ध फुटसल र कुमारीको समान ११ अंक छ । गोलअन्तरमा कुमारी पछाडी छ । समूह एमा ५ खेलमा अपराजित रहेको किकअफ फुटसल (१५ अंक) शीर्षस्थानमा छ । बानेश्वर ६ खेलबाट १० अंक सहित दोस्रो स्थानमा छ । एएमए इभेन्टको आयोजनामा होम एन्ड अवेको आधारमा २८ मंसिरसम्म सञ्चालन हुने लिगमा १६ टोलीको सहभागिता छ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
शुक्रबारका खेलहरु
ताहाचल फुटसलविरुद्ध हाइवे फुटसल
समय – दिउँसो १२ः३० बजे
स्थान – ताहाचल फुटसल, ताहाचल
ह्वाइट हर्स फुटसलविरुद्ध आदर्श फुटसल
समय – दिउँसो ३ः३० बजे
स्थान – ह्वाइट हर्स फुटसल, सुकेधारा

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.