default_image

4 years ago

September 16, 2021

पलेशालाई तेक्वान्दो टोलीबाट सम्मान

143 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय तेक्वान्दो खेलाडीको टोलीले टोकियो पारालिम्पिक २०२० मा उत्कृष्ट प्रदर्शन गरेकी पारा तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धनलाई सम्मानित गरेका छन् ।

बिहीबार एक कार्यक्रमको आयोजना गर्दै राािष्ट्रय तेक्वन्दो टोलीले पलेशालाई नगद ७ हजारसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरेको हो । सोही अवसरमा टोलीका प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक विष्टलाई पनि प्रशंसा पत्र प्रदानद्वारा सम्मान गरिएको थियो ।

१३औं दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण विजेता आयशा शाक्य, १३औं सागका स्वर्ण विजेता सक्षम कार्की, रञ्जन श्रेष्ठलगायतले उनीहरुलाई सम्मान गरे । पलेशाले टोकियो पारालिम्पिकमा चार खेल खेल्दा दुई बाउट जित्दै कीर्तिमान रचेकी थिइन् । उनी ओलम्पिकमा दुई बाउट जित्ने पहिलो नेपाली खेलाडी हुन् ।

पलेशा के ४४ को ५८ केजीमुनि रेपेचेजको फाईनलमा विश्व नम्वर दुई चिनिया खेलाडीसँग पराजित हुँदै पदक जित्नबाट वञ्चित बनेकी थिईन् । उनले बेलायत र चीनकी खेलाडीसँग हार बेहोरेकी थिइन् । अमेरिकी र सर्वियन खेलाडीलाई पराजित गरेकी थिइन् ।

March 24, 2025

दिल्लीको रोमाञ्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

Success

Thank you for your time.