default_image

3 years ago

September 15, 2021

लुम्बिनी फुटसललाई अल्फा बिटा र लिनिङको साथ

242 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग खेल्ने तयारीमा रहेको लुम्बिनी फुटसल प्रालिले अल्फा बिटा ठिटा र चाइना ट्रेडलिंक प्रालिको साथ पाएको छ ।

अमेरिकाको टेक्सास शहरमा केन्द्रिय कार्यालय रहेको आइटी कम्पनी अल्फा बिटा ठिटा लुम्बिनी फुटसलसँग मुख्य प्रायोजक र विश्व स्तरीय खेल पोशाक उत्पादक कम्पनी लिनिङ प्रायोजकको रुपमा लुम्बिनीसँग जोडिएको हो ।

सम्झौतामा लुम्बिनी फुटसल प्रालिका प्रज्वल श्रेष्ठले अल्फा बिटा ठिटाका सिइओ मिजेस श्रेष्ठ र चाइना ट्रेडलिंक प्रालिका मार्केटिङ म्यानेजर कृत राज महर्जनले हस्ताक्षर गरे । सम्झौता अनुसार अल्फा बिटा ठिटाले लुम्बिनीलाई ४ लाख रुपैयाँ प्रदान गर्नेछ । लुम्बिनीले लगाउने जर्सीमा अल्फा बिटा ठिटाको लोगो हुनेछ ।

लिनिङले लुम्बिनीले लिग दौरान प्रयोग गर्ने जर्सी सेट, पोलो टि सर्ट गरी करिव दुई लाख बराबरका सामग्री उपलब्ध गराउनेछ । तिलोत्तमा नगरपालिका वडा नम्वर २ मा अवस्थित लुम्बिनीलाई यसअघि बुटवल उपमहानगरपालिका वडा नम्वर ५ मा रहेको ज्ञानी पोलिट्याङ्कस एन्ड पाइप कम्पनीले प्रायोजकको रुपमा १ लाख ५० हजार रुपैया सहयोग गरिसकेको छ ।

२ असोजबाट पोखराको बहुउद्देश्यीय कभर्ड हलमा शुरु हुने लिगको लागि लुम्बिनीले काठमाडौंमा अन्तिम तयारी गरेको र लिगको लागि तयार रहेको प्रशिक्षक प्रज्वल श्रेष्ठले जानकारी गराए ।

लुम्बिनी फुटसल प्रदेश ५ मा आयोजना भएको छनोटको च्याम्पियन बन्दै लिगलाई छनोट हुन सफल भएको थियो । लुम्बिनीमा भएको छनोटमा लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशबाट एक टोलीले मात्रै एक डिभिजिन लिगमा स्थान बनाउने थियो । प्रदेश १ बाट प्रतिनिधित्व नहुने भएपनि लुम्बिनीको छनोटमा दोस्रो भएको झरना फुटसलले अवसर थियो ।

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

January 27, 2025

अग्रता जोगाउन नसक्दा टोटनहम पराजित

एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]

Success

Thank you for your time.