default_image

4 years ago

September 13, 2021

जोकोभिचलाई हराउँदै मेदभेदेब युएस ओपनको नयाँ च्याम्पियन

117 views

0 Bookmark

एजेन्सी – शीर्ष वरीयताका सर्वियन टेनिस स्टार नोभाक जोकोभिचमाथि एकपक्षीय जित निकाल्दै रसियन डानिल मेदेभेदेव युएस ओपन टेनिसको च्याम्पियन बनेको छ ।

दोस्रो वरीयताका मेदेभेदेवले जोकोभिचलाई ३–० को सोझो सेटमा हराउँदै युएस ओपनको नयाँ च्याम्पियन बनेका हुन् । न्युयोर्कस्थित आर्थर आसे स्टेडियममा सोमबार बिहान भएको फाइनलमा मेदेभेदेवले शीर्ष वरीयताका जोकोभिचलाई कुनै पनि सेटमा खुलेर खेल्न दिएनन् ।

२५ वर्षीय मेदेभेदेवले जोकोभिचमाथि ६–४, ६–४ र ६–४ को सोझो सेटमा जित निकाल्दै आफ्नो करियरको पहिलो ग्रान्डस्लाम उपाधि उचालेका हुन् । मेदेभेदेवले पछिल्ला दुई ग्रान्डस्लाम फाइनल पुगेपनि उपाधिबाट वञ्चित बनेका थिए ।

यस वर्ष अष्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्बल्डनको उपाधि जितेका ३४ वर्षीय जोकोभिचलाई कीर्तिमानी २१औं ग्रान्डस्लाम उपाधि जित्ने अवसर रहेपनि उनी फाइनलमा चुक्न पुगे ।

युएस ओपन जित्न सकेको भएका जोकोभिचले रोजर फेडेरर र राफेल नाडाललाई मुख्य उपाधिमा पछि पार्दै उनी सर्वाधिक ग्रान्डस्लाम जित्ने खेलाडी बन्ने थियो । तर, त्यसो हुन सकेन ।

April 9, 2025

राजस्थानलाई प्रतिस्पर्धात्मक चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा टस जितेर राजस्थानले गुजरातलाई ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो। ओपनर शुभमन गिल २ रनमा जोफ्रा आर्चरको बलमा आउट भए। यसपछि ओपनर […]

April 9, 2025

गल्कोट कप भलिबलको पुरस्कारमा वृद्धि

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा बैशाख पहिलो साता आयोजना हुने तेस्रो संस्करणको गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएकाे छ । आयोजक गल्कोट समाज अष्ट्रेलियाले गत वर्षको तुलनामा यसपटक पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराएको छ । प्रथम पुरस्कारमा १ हजार ३५ अष्ट्रेलियन डलर र दोस्रो पुरस्कारमा ५ सय २० अष्ट्रेलियन डलर […]

April 9, 2025

विपना र अरहान्त वरीयताको शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]

Success

Thank you for your time.