4 years ago
September 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – मन्थलीका रोशन खत्री र बौद्ध डोजोका बुद्ध मोक्तानले प्रथम अन्तरनगर मेयर कप कराते तथा किक बक्सिङ प्रतियोगितामा आइतबार स्वर्ण जितेका छन् ।
पुरुष ४५ केजीमा रोशनले विष्णुदेवी डोजोका सुनिल ठगुन्ना तथा ५० केजीमा बुद्धले एनएसकेका धनबहादुर सुनुवारलाई फाइनलमा पराजित गरे । पुरुष एकल कातामा नरहरिपुरका स्वर्णिम मानन्धर पहिलो तथा चन्द्रागिरीका सन्दिप राई दोश्रो भए ।
सोही स्पर्धाको महिलामा नरहरिपुरकी सन्जु देशारले स्वर्ण तथा प्रयागपोखरीकी सुभद्रा थापाले रजत जिते । पुरुष ३० केजीमा बौद्धका प्रभात मगरले विष्णुदेवीका सोनम लामा, ४० केजीमा विष्णुदेवीका राजेश मानन्धरले इचङगुनारायणका सेभेन श्रेष्ठ तथा ३५ केजीमा विष्णुदेवीका सन्देश लामाले नरहरिपुरका ओम ठाकुरलाई फाइनलमा हराउदै पहिलो स्थान हात पारे ।
शंखधर डोजो, थिमीद्वारा आयोजित प्रतियोगिताको महिला ३० केजी फाइनलमा मानसिंह डोजोकी अनु मोक्तानले लुभूकी प्रमिला पाख्रिनलाई पन्छ्याउदै शीर्ष स्थान कब्जा गरिन् ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच उद्घाटन गरे । मध्यपुर थिमी नगरपालिका र शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा ४ सय ७४ खेलाडीले विभिन्न २० स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।
टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउने प्रतियोगिता संयोजक १३ औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता करातेका मन्डेकाजी श्रेष्ठले जनाएका छन् । कराते र किक बक्सिङका ४ उत्कृष्ट खेलाडीले माउनटेन बाइक पुरस्कार स्वरुप प्राप्त गर्ने छन् ।
बोडेमा भइरहेको प्रतियोगिता सोमबार सम्पन्न हुने छ । उद्घाटनका अवसरमा मध्यपुर थिमी नगरपालिका मेयर मदनसुन्दर श्रेष्ठ, आठौं र नवौं सागका स्वर्णधारी कारतेका दीपक श्रेष्ठ, सागका ४ स्वर्ण पदक विजेता तेक्वान्दोका दीपक विष्ट, रेफ्री काउन्सिलका संयोजक राजेन्द्र कपालीलगायतलाई सम्मान गरिएको थियो ।
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]
March 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल एनएसएलमा झापा एफसी र बुटवल लुम्बिनीबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ। पहिलो हाफमा झापाले एकपक्षीय दबाब बनाए पनि बुटवलका गोल रक्षक दीप कार्कीको प्रभावशाली प्रदर्शनमा झापाले गोल गर्न सकेन। दीप अक्सनमा अन सोल्ड हुँदा विस लिस्टबाट बुटवलले भित्राएको थियो। दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा झापाले […]
March 30, 2025
भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]