4 years ago
September 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव रुक्मशमशेर राणालगायतको निधनमा राखेपले आइतबार शोक सभा आयोजना गरेको छ ।
स्व. राणालगायत खेलाडी, प्रशिक्षक, कर्मचारी, खेलकुद कर्मचारीका परिवार, खेल पदाधिकारीको निधनमा शोकसभा आयोजना गरिएको हो ।
कोरोना भाइरस (कोभिड– १९) को रोकथाम र नियन्त्रण गर्न लागू गरिएको निशेधाज्ञा– २ देखि हालसम्म निधन भएका खेलकुदसंग सम्बन्धितको सम्झनामा त्रिपुरेश्वरस्थित राखेप हातामा शोकसभा आयोजना गरिएको थियो ।
राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल, राखेप सदस्य एवं कार्यकारी समितिका सदस्यद्वय एकेन्द्र कुँवर र नन्दा बस्याल, राखेप सदस्य रिमबहादुर रानाभाट, सुभाष श्रेष्ठ, रेणुका श्रेष्ठ, राष्ट्रिय खेल संघका पदाधिकारी, कर्मचारी, प्रशिक्षकलगायतले दिवंगतहरुको तस्वीरमा पुष्पगुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली अर्पन गरेका थियो ।
त्यसअघि उनीहरुको सम्झनामा १ मिनेट मौन धारणा गरिएको थियो । सोमबार राखेपअन्तर्गतका सम्पूर्ण कार्यालय बन्द गरिने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्यसचिव तथा नेपाल ओलम्पिक कमिटी (एनओसी) का पूर्व अध्यक्ष रुक्म शमशेर राणाको शुक्रबार राती ८५ वर्षको उमेरमा बत्तीसपुतलीस्थित निवासमा निधन भएको थियो । स्व. राणा दुईपटक राखेपको सदस्य–सचिव बनेका थिए ।
लामो समय खेलकुदका विभिन्न पदमा रहेका राणा दुई पटक (२०५१-५२, ०५४-५५) राखेप सदस्यसचिव बनेका थिए । उनी लामो समय एनओसीको नेतृत्वमा रहेका थिए । सन् १९९२ देखि १९९६ सम्म एनओसी महासचिव रहेका राणा १९९८ देखि २००७ सम्म अध्यक्ष रहेका थिए ।
हाल ओलम्पिक कमिटिका मानार्थ अध्यक्षसमेत रहेका उनी नेपाल ओलम्पिक कमिटी (एनओसी), नेपाल तेक्वान्दो संघ र नेपाल एथलेटिक्स संघका पूर्व अध्यक्ष हुन् । नेपाल कांग्रेसका नेता सुवर्ण शमशेर राणाका छोरा रुक्म शमशेर भारतका लागि पूर्व राजदुत पनि हुन् । राणाका श्रीमती र १ छोरी छन् ।
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]