3 years ago
September 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सर्वियाको राजधानी बेलग्रेडमा आयोजना हुने आईबा विश्व पुरुष बक्सिङ च्यापियन्सिपमा नेपालले सहभागिता जनाउने भएको छ ।
आईबा विश्व पुरुष बक्सिङ च्यापियन्सिपमा नेपालले सहभागिता जनाउने पक्का भएपछि नेपाल बक्सिङ संघले च्याम्पियनसिपको लागि खेलाडी छनोट गर्ने भएको छ । विश्व पुरुष बक्सिङ च्याम्पियनसिप अक्टोबर २५ देखि नोबेम्बर ६ तारिखसम्म बेलग्रेडमा आयोजना हुदैछ ।
प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको छनोट प्रतियोगिताको लागि नेपाल बक्सिङ संघका सदस्य मानबहादुर भण्डारीको संयोजकत्वमा ५ सदस्यीय छनोट समिति गठन गरिएको संघले जनाएको छ । समितिमा राष्ट्रिय खेलकुद परिषद अन्तर्गत तालिम तथा प्रशिक्षण विभाग र राष्ट्रिय टिम तयारी समितिका एक–एक जना प्रतिनिधि, संघको टेक्निकल संयोजक र बक्सिङ प्रमुख प्रशिक्षक सदस्यको रुपमा रहनेछन् ।
आईबा विश्व पुरुष बक्सिङ च्यापियन्सिपका लागि नेपाल बक्सिङ संघले ४८–५१, ५४–५७, ६०–६३.५ ६३.५–६७ र ६७–७१ केजीको तौल समूहमा राष्ट्रव्यापी खुल्ला छनोट प्रतियोगिता आयोजना गर्नेछ । छनोट खेल १ देखि ३ असोजसम्म सातदोबाटोमा हुनेछ ।
खुल्ला छनोटबाट उत्कृष्ट खेलाडीहरुलाई च्यापियन्सिपका लागी चयन गरिने र खेलाडीको वरीयताको आधारमा कति खेलाडी च्यापियन्सिपमा छनोट हुने तय गरिने संघले जनाएको छ ।
आईबा विश्व पुरुष बक्सिङ च्यापियन्सिपको स्वर्णपदक विजेताले १ लाख स्वीस फ्रेन्क प्राप्त गर्नेछन् । यस्तै रजत पदक विजेताले ५० हजार स्वीस फ्रेन्क र कास्य पदक विजेताले २५ हजार स्वीस फ्रेन्क प्राप्त गर्ने छन् ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]