10 years ago
September 13, 2015
काठमाडौं, भदौं २७
नेपाल खेलकुद पत्रकार मञ्चले आफ्नौं २० औं बार्षिकोत्सवको अवसरमा आइतबार मञ्चको केन्द्रिय कार्यालय त्रिपुरेश्वरमा चियापान कार्यक्रमको आयोजना गयो ।
सो अवसरमा मञ्चका अध्यक्ष अजय फुयालले सबै खेलपत्रकारलाई शुभकामना दिदै हरेक बर्ष आयोजना हुने पल्सर स्पोर्टस् अवार्डको मिति चाडै सार्वजनिक गरिने जानकारी गराए । ‘विनाशकारी भूकम्पका कारण सबै क्षेत्रमा त्यसको प्रभाव परेको छ ,’ फुयालले भन्नुभयो,‘त्यसले हामीलाई पनि असर गरेको छ । तर, हामी खेलकुद क्षेत्रकै गरिमा बनेको स्पोर्टस् अवार्ड यो बर्ष पनि आयोजना गर्नेछौं । अनुकुल समयमा मितिको घोषणा गर्नेछौं ।’
मञ्चका निवर्तमान अध्यक्ष एवम् एसियाली खेलकुद पत्रकार संघ (एआइपिएस एसिया) का केन्द्रिय सदस्य नीरञ्जन राजवंशीले मञ्चले दुई दशक लगाएर आर्जन गरेको प्रतिष्ठालाई जोगाउन चुनौति रहेको बताए । मञ्चका सचिव एवम् नेपाल पत्रकार महासंघका सदस्य प्रकाश तिमल्सिनाले दुई दशकअघि थोरै खेलकुद पत्रकारले स्थापना गरेको मञ्चको आकार अहिले ठूलो भएको उल्लेख गर्दै भने,‘ हामी अहिले देशभर गरि २ सय भन्दा बढी सदस्य छौं । मञ्चले सधै जिम्मेवार खेलकुद पत्रकारिताका लागि प्रेरित गरेको छ र गर्नेछ ।’
शुभकामना दिने क्रममा नेपाल पत्रकार महासंघका सदस्य समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का प्रेस सल्लाहकार रोहित दाहालले मञ्चसँग सहकार्य गर्न परिषद् तयार रहेको बताए । उहाँले नजिकिदै गरेको सातौं राष्ट्रिय खेलकुदअघि पूर्वाञ्चलका ६ जिल्ला (राष्ट्रिय खेलकुदका खेल सञ्चालन हुने जिल्ला) मा तालिम सञ्चालन गर्न सकिने उल्लेख गरे । मञ्चका बाँके समन्वय शाखाका अध्यक्ष जयनारायण शाहले मञ्चले क्षेत्रिय मञ्चको अवधारणालाई विधानमै व्यवस्था गर्नु उचित हुने सुझाव दिए । आरजे स्पोर्टस्का प्रबन्ध निर्देशक जनक न्यौपानेले शुभकामना दिदै थप सफलताको कामना गरे ।
April 24, 2025
हिमाल खरेल,भद्रपुर आयोजक चन्द्रगढी भेट्रान क्लब गम्भीर राई स्मृति पाँचौँ चन्द्रगढी भेट्रान नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरको मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा दुधे भेट्रान क्लबमाथि ३-० को जित निकाल्दै आयोजक उपाधि नजिक पुगेको हो। चन्द्रगढीका लागि सुवास खड्काले खेलको २३ औँ र ४७ औँ मिनेटमा गोल गरे। सन्तोष बस्नेतले […]
April 23, 2025
सुमन अधिकारी, बुटवल गण्डकी प्रदेश भलिबल संघ र त्रिभुवन आर्मी क्लब बुटवलमा जारी १० औं मणिमुकुन्द कप भलिबल प्रतियोगितामा आज विजयी भएका छन्। पाँचौ दिन बुधवार पहिलो खेलमा गण्डकीले गल्कोट भलिबल क्लबलाई प्रतिस्पर्धामा खेलमा३–२ सेटमा पराजित गर्दै सेमिफाइनल पुग्ने आशालाई जिवित राखेको छ । आफ्नो पहिलो खेलमा नेपाल पुलिस क्लबसंग पराजय भएको गण्डकीले दोस्रो खेलमा […]
April 22, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई जितको लागि १ सय ६० रनको चुनौति दिएको छ। दिल्लीले टस जितेर फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५९ रन मात्र बनायो। सुरूवात राम्रो गरेपनि लखनउका मात्र डर अर्डरका खेलाडीको प्रदर्शन कमजोर रहयो। एडन मारक्रम र मिचेल […]