4 years ago
September 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – मुलपानी तेक्वान्दो डोजाङका भिजन तामाङले १०औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताको पुरुष एकल १२–१४ वर्षमा शनिबार स्वर्ण जितेका छन् ।
भिजनले ६.०४ अंक जोडे । ५.९९ अंकसाथ गोदावरी इन्टरनेसनलका साइरस थापा दोश्रो भए । मुलपानीका महेश आङथुपु र सुपरस्टारका कृष पाण्डे तेश्रो बने ।
नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोगमा नेपाल तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको पेयर १५–१७ वर्षमा गोदावरीका श्रृजल श्रेष्ठ र रोशनी सिलवाल (६.५९ अंक) ले स्वर्ण तथा चन्द्रसूर्यका यज्ञ राई र हिमाला अधिकारी ((६.११ अंक) ले रजत जिते । नेपाल टाइगरका मन्दिप राई र मनीषा पराजुली तथा चन्द्रसूर्यका अरुण तिवारी र सोनी शेर्पा तेश्रो भए ।
पेयरतर्फ १८–३५ वर्षमा १३ औं सागका कांस्य विजेता जितबहादुर बोट र स्वर्णधारी पार्वती गुरुङ पहिलो बने । नेपाल प्रहरीका उनीहरुले ७.२३ अंक जोडे । ७.१४ अंकसाथ प्रहरीका १३ औं सागकी स्वर्ण विजेता निशा दर्नाल र १३ औं सागका कांस्य विजेता अस्मिन राउत दोश्रो भए ।
१३ औं सागका स्वर्ण विजेताद्वय नेपाल आर्मीका आयशा शाक्य र सन्जिवकुमार ओझा तथा आर्मीकै १३औं सागकी स्वर्णधारी सन्जिला तिमल्सिना र रजत विजेता कृष्णबहादुर तामाङले तेश्रो स्थानमा चित्त बुझाए ।
पुरुष ३६–५० वर्षको एकल पुम्सेमा मुलपानीका मधुसुदन सापकोटा (६.२९ अंक) ले स्वर्ण तथा मुलपानीकै प्रेमकुमार दर्नाल (५.९३ अंक) ले रजत चुमे । प्रहरीका लक्ष्मणबहादुर ऐर तथा शिवपुरीधामका आशिष चन्दले कांस्य हात पारे ।
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]
March 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल एनएसएलमा झापा एफसी र बुटवल लुम्बिनीबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ। पहिलो हाफमा झापाले एकपक्षीय दबाब बनाए पनि बुटवलका गोल रक्षक दीप कार्कीको प्रभावशाली प्रदर्शनमा झापाले गोल गर्न सकेन। दीप अक्सनमा अन सोल्ड हुँदा विस लिस्टबाट बुटवलले भित्राएको थियो। दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा झापाले […]
March 30, 2025
भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]