4 years ago
September 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – टोकियो प्यारालिम्पिकका तेक्वान्दोमा दुई फाइट जितेकी पलेशा गोबद्र्धनलाई गैर आवासिय नेपाली संघ (एनआरएनए) जापानको कान्तो क्षेत्रिय समितिले स्वागत र नगदसहित सम्मान गरेको छ ।
कान्तो क्षेत्रिय समितिले पलेशालाई २ लाख ५० हजार, उनका प्रशिक्षक कविराज नेगी लामालाई १ लाख ५० हजार, ओलम्पियन दीपक विष्टलाई ४० हजार र नेपालको पारा तेक्वान्दो समितिलाई ५० हजार रुपैयाँ प्रदान गरेको छ । समितिले पारा तेक्वान्दो टोलीको सम्मानमा शनिबार कार्यक्रम र रात्री भोजको आयोजना गरेको थियो ।
कार्यक्रममा एनआरएन जापानका नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष, आइसिसी सदस्य, एनसिसी जापानका पदाधिकारी, तेक्वान्दो र अन्य खेलका पूर्व खेलाडी, व्यवसायीहरुको सहभागिता रहेको ओलम्पियन विष्टले जानकारी दिए ।
पलेशाले शुक्रबार भएको के ४४ अन्तर्गत ५८ केजी मुनीको तौल समूहको रेपेचेजको फाइनल खेलेकी थिइन् । पहिलो खेलमा पराजित भएपछि रेपेचेजमा कास्य पदकका लागि मौका पाएकी पलेशाले त्यसपछि दुई फाइट जित्दै फाइनल सम्मको यात्रा तय गरेकी थिइन् । फाइनलमा अन्तिम समयमा उनी १२–९ ले पराजित भएको थियो ।
ओलम्पिकमा दुई फाइट जित्ने पलेशा पहिलो खेलाडी बनेकी छिन् । प्यारालिम्पिकमा तेक्वान्दो पहिलो पटक तेक्वान्दो समावेश गरिएको थियो । पलेशाले एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा भने यसअघि कास्य पदक जितेकी थिइन् । कान्तो क्षेत्रिय समितिले पलेशाले भविष्यमा अन्तर्राष्ट्रिय प्रतियोगिता पदक जितेको खण्डमा नगद पुरस्कारले सम्मान गर्ने घोषणा गरेको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]