default_image

8 years ago

November 9, 2016

रेडबुल फुटबल लिगमा इम्पेरियल र कुमारी विजयी

125 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – रेडबुल राष्ट्रिय फुटसल लिग अन्तर्गत मंगलबारका खेलमा कौसलटारको इम्पेरियल फुटसल र पकनाजोलको कुमारी फुटसल विजयी भएका छन् ।
कौसलटारस्थित इम्पेरियल फुटसलले होम ग्राउन्डमा आदर्श फुटसललाई ६–५ ले हरायो । इम्पेरियलका लागि कृष्ण अधिकारीले ह्याट्रिक पूरा गरे भने सुमेरु थापाले २ र बालकृष्ण केसीले १ गोल गरे । आदर्श फुटसल नैकापका लागि समीर कार्की र डेनियल श्रेष्ठले २÷२ र उत्सव रानाले एक गोल फर्काए । इम्पेरियलका कृष्ण अधिकारी म्यान अफ दी म्याच भए ।

f1
त्यसैगरी अर्को खेलमा पकनाजोलको कुमारी फुटसलल बीजी ब्रदर्श फुटसललाई ५–४ गोल अन्तरले हरायो । बीजी ब्रदर्शको होम ग्राउन्डमा कुमारीका अभिषेक रिजाल एक्लैले ५ गोल गरे । पराजित बीजीका आकाश लामाले २ गोल गरे भने प्रकाश थापा मगर र रवि तामाङले समान १ गोल गरे । ५ गोल गरेका कुमारीका अभिषेक म्यान अफ द म्याच चुनिए ।
लिगमा ५ खेलमा इम्पेरियलले ७ अंक जोडेको छ । आदर्शको १ अंकमा त्र छ । यी दुई सम्मिलित समूह बीमा १० अंकसहित शंखमुल फुटलस पहिलो र ताहाचल दोस्रो स्थानमा छ । समूह एमा ५ खेलेको किकअफ फुटसल १५ अंकसहित शीर्षस्थानमा छ । त्यस्तै बानेश्वर फुटसल रिक्रियसन सेन्टरले ५ खेलबाट १० अंक जोडेको छ । कुमारी १० अंक जोडेपछि गोलअन्तरमा तेस्रो स्थानमा छ ।
एएमए इभेन्टको आयोजनामा होम एन्ड अवेको आधारमा २८ मंसिरसम्म सञ्चालन हुने लिगमा १६ क्लबको सहभागिता छ । प्रतियोगिताको विजेता टोलीले १० लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
आजको खेल
हरिसिद्धि फुटसलविरुद्ध कीर्तिपुर फुटसल
समय – दिउँसो १२ः३० बजे
स्थान -हरिसिद्धि फुटसल, हरिसिद्धि
चउर रिक्रियसन सेन्टरविरुद्ध इम्पेरियल फुटसल
समय -दिउँसो ३ः३० बजे
स्थान – चउर रिक्रियसन सेन्टर, बाँसबारी

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.