4 years ago
September 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा साँढे दुई वर्षअघि भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्सेतर्फ स्वर्ण विजेता कमल श्रेष्ठले १०औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् ।
पुरुष १८–३५ वर्ष उमेरसमूहमा नेपाल प्रहरीका कमलले ७.७३ अंक जोडे । ७.३९ अंकसाथ प्रहरीका प्रेमबहादुर लिम्बू तथा ७.३० अंकसाथ प्रहरीकै जितबहादुर बोट र ७.१० अंकसाथ नेपाल आर्मीका कृष्णबहादुर तामाङ तेश्रो भए ।
१३औं सागमा प्रेम र जित कांस्य तथा कृष्ण रजत विजेता हुन् । यो स्पर्धामा १३औं सागका कांस्यधारी शिशिर श्रेष्ठ र अश्विन रावतले पनि प्रतिस्पर्धा गरेका थिए । नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोगमा नेपाल तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको पुरुष यू–११ मा एब्सुलुट डोजाङका सुभन गुरुङ पहिलो, एब्सुलुटका एरिक राणा दोश्रो तथा एब्सुलुटका अपिल गुरुङ र स्युचाटारका अनिश श्रेष्ठ तेश्रो बने ।
उक्त स्पर्धाको महिलामा एब्सुलुटकी गुनमाया गुरुङले स्वर्ण, जैसिदेवलकी मुबिक्क्षा गजुरेलले रजत तथा अल्फाकी एरिता पुन र गोदावरीकी सनन्दा घिमिरेले कांस्य जिते ।
प्रतियोगिताको युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने र नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क चोङ सुकले एक कार्यक्रमबीच संयुक्त उद्घाटन गरे । उक्त अवसरमा राजदूत सुकले पदक विजेतालाई पुरस्कार स्वरुप प्रदान गरिने तेक्वान्दो सामाग्री तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणालाई हस्तान्तरण गरेका थिए ।
सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी भवनबाट सञ्चालित तीनदिने प्रतियोगितामा ३ सय ९० पुरुष र २ सय ३ महिला खेलाडी गरी जम्मा ५ सय ९३ खेलाडीको सहभागिता रहेको आयोजक तेक्वान्दो संघका उपाध्यक्ष समेत रहेका प्रतियोगिता संयोजक भानु चन्दले जनाएका छन् ।
प्रतियोगिताअन्तर्गत व्यक्तिगतको पुरुष÷महिलामा ६–६ गरी १२, पेयर र टिममा ६–६ गरी १२ तथा फेमिली र तेक्वान्दो एरोबिकमा १–१ गरी २ सहित कुल २६ स्पर्धा समावेश छन् ।
यसै प्रतियोगिताबाट दक्षिण कोरियाले आयोजना गर्ने कोरियन एम्बासडर भर्चुअल पुम्से विश्व च्याम्पियनसिपका लागि नेपालबाट सहभागी हुन १६ खेलाडीको छनोट गरिने छ । कोरियन एम्बासडर भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगितामा विश्वका विभिन्न राष्ट्रमा पनि भइरहेको तेक्वान्दो संघले जनाएको छ ।
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]
March 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल एनएसएलमा झापा एफसी र बुटवल लुम्बिनीबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ। पहिलो हाफमा झापाले एकपक्षीय दबाब बनाए पनि बुटवलका गोल रक्षक दीप कार्कीको प्रभावशाली प्रदर्शनमा झापाले गोल गर्न सकेन। दीप अक्सनमा अन सोल्ड हुँदा विस लिस्टबाट बुटवलले भित्राएको थियो। दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा झापाले […]
March 30, 2025
भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]