8 years ago
November 8, 2016
धनगढी (हाम्रो खेलकुद) – किर्तिमानी तेक्वान्दो खेलाडी दीपक बिष्ट मंगलवार गृह जिल्ला कैलालीमा सम्मानित भएका छन् । तेक्वान्दो मार्फत नेपाललाई अन्तर्राष्ट्रिय चिनाउनुका साथै दक्षिण एसियाली खेलकुदमा (साग) मा लगातार चार वटा स्वर्ण पदक जितेर मुलुकको प्रतिष्ठा बढाएकोमा दीपकलाई सुदूरपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति धनगढीले मंगलवार सम्मान गरेको हो ।
छनोट चरण पार गरे सन् २००८ को बेजिङ ओलम्पिकमा खेलेका दीपकले एसियाली खेलकुदमा दुईवटा कास्य पदक जितेका थिए । उनी नेपाली खेलकुदका सबैभन्दा सफल खेलाडी हुन् । मंगलवार धनगढीमा आयोजित एक समारोहमा प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव केशव बिष्टले कदर पत्र र दोसल्ला ओढाएर सम्मान किर्तिमानी तेक्वान्दो खेलाडी दीपकलाई सम्मान गरे ।
अभाव र बिभिन्न बाधा व्यबधानका बीच सुदूरपश्चिमले दीपक जस्तो खेलाडी जन्माएर देशलाई नै ठूलो गुन लगाएको भन्दै राखेपका सदस्य सचिव बिष्टले कृतज्ञता ज्ञापन गरे । उनले अवसर पाए सुदूरपश्चिमा दीपक बिष्टजस्ता खेलाडीहरु हजारौ जन्मिन सक्ने बताए । राज्यले सुदूरपश्चिलाई बिभेद गरेको बताउदै राखेप सदस्य सचिव बिष्टले सुदूरपश्चिमको खेलकुदको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता गरे । कार्यक्रममा तेक्वान्दो प्रशिक्षक गोविन्द बिष्ट र व्यापारी टेक बहादुर बोगटीलाई पनि सम्मान गरिएको थियो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]