default_image

3 years ago

August 27, 2021

लाइन जज अर्याललाई खेतान फाउण्डेशनद्धारा बिदाई

130 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ब्याडमिन्टन एशियाका एक्रिडियटेड अम्पायर, बिश्व ब्याडमिन्टन महासंघका सर्टिफाईड लाईन जज तथा राष्ट्रिय रेफ्रि उदय कुमार अर्याललाई खेतान स्पोर्टस् फाउण्डेशनले ब्याडमिन्टनमा पुर्‍याएको योगदानको कदर गर्दै कदरपत्रसहित टोकियो पारालिम्पिक २०२० को लागि बिदाई गरेको छ ।

निर्णायक अर्याललाई शुक्रबार एक कार्यक्रमकाविच राष्ट्रिय खेलकुद परिषद्का सदस्य तथा नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुभाष श्रेष्ठले फाउण्डेशनको तर्फबाट प्रदान गरिएको कदर पत्र प्रदान गरे । सो अवसरमा अर्याललाई फाउण्डेशनका प्रमुख बिकास खेतान, अन्तर्राष्ट्रिय पारा ब्याडमिन्टन खेलाडी प्रकाश अधिकारी लगायतले जापानमा आयोजना भएको पारालम्पिक प्रतियोगितामा निर्णायकको भूमिकामा सहभागिता जनाउन लागेकोमा सफलताको शुभकामना सहित खादा लगाएर बिदाई गरेका थिए ।

अर्याल पारालम्पिकमा ब्याडमिन्टनको लाईन जजको भूमिका निर्वाह गर्न शनिबार त्यसतर्फ प्रस्थान गर्देछ । पारालिम्पिकमा पारा ब्याडमिन्टन पहिलोपटक समावेश गरिएको विधा हो । त्यसमा सहभागी हुने अर्याल पहिलो नेपाली बिडब्लुएफ लाइन जज हुनेछ ।

अर्यालले यस अघि पोल्याण्डको क्याटोविचमा २०१९ मा आयोजना भएको बिश्व सिनियर ब्याडमिन्टन च्याम्पियनसिप र हङकङमा अप्रिल २०१९ मा आयोजना भएको ब्याडमिन्टन एशिया मिक्स टिम च्याम्पियनसिपमा पनि निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।

ओलम्पिकमा लाईन जजको भूमिका निर्वाह गर्ने अर्याल दोश्रो निर्णायक हुन् । यसअघि रियो ओलम्पिकमा ब्याडमिन्टन एशियाका अम्पायर दीपक थापाले लाईन जजको भूमिका निर्वाह गरि सकेका छन् ।

January 12, 2025

म्याकएटीको ह्याट्रिकमा सिटीको फराकिलो जित

एजेन्सी – जेम्स म्याकएटीको ह्याट्रिक सहयोगमा म्यानचेस्टर सिटीले एफए कपमा साल्फोर्ड एफसीविरुद्ध सानदार जित हात पारेको छ । शनिवार भएको तेस्रो चरणको खेलमा सिटीले ८-० को सानदार जित दर्ता गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन म्याकएटीले ह्याट्रिक गर्दा जेरिमी डोकुले २ तथा डिभाइन मोबामा, निको ओ राइली र ज्याक ग्रेलिसले समान १ गोल […]

January 5, 2025

अष्ट्रेलियामा पुरुष भलिबल कप अर्काे महिना

सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा अर्काे महिना दोस्रो संस्करणको अजी फाइनान्स अन्तर्राष्ट्रिय पुरुष भलिबल कप २०२५ आयोजना हुने भएको छ । दि गोर्खा स्पोट्र्स क्लबको आयोजनामा आगामी माघ १३ गते आइतबार (२६ जनवरी) मा दोस्रो संस्करणको अन्तर्राष्ट्रिय पुरुष भलिबल कपसँगै ३५ वर्षमाथिको पुरुष भलिबल कप आयोजना हुने भएको हो । एक दिने प्रतियोगिता अष्ट्रेलियाको लिडकमस्थित […]

January 4, 2025

एनएनआइपिए स्पोर्टस अवार्ड आज

काठमाडौं (हाम्रो खेलकुद)- एनएनआइपिए स्पोर्टस अर्वाड को १९ औं संस्करण आज आयोजना हुँदैछ। नेपाल‌ राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) को‌ आयोजना तथा तारकेश्वर नगरपालिकाको स्थानीय व्यवस्थापनमा मनमैजु मन्दिर परिसरमा अवार्ड कार्यक्रम हुनेछ । एनएनआइपिएले सबै तयारी पूरा भएको जानकारी गराइसकेको छ। गत वर्ष चीनको हाङझाउमा भएको १९ औं एसियाली खेलकुदमा नेपालले भाग लिएका २९ खेलका […]

Success

Thank you for your time.