4 years ago
August 27, 2021
हाम्रो (खेलकुद) – काठमाडौं जिल्ला तेक्वान्दो संघले तेक्वान्दो खेलाडी दीपिका कार्कीको स्वास्थ्य उपचारका लागि शुक्रबार आर्थिक सहयोग प्रदान गरेको छ ।
निमोनिया भएपछि १३ वर्षीया दीपिकालाई उपचारका लागि महाराजगन्जस्थित कान्ति अस्पतालमा साताअघि भर्ना गरिएको थियो । दीपिकाको परिवारको आर्थिक अवस्था कम्जोर भएकाले काठमाडौं जिल्लाले उनको स्वास्थ्य उपचारका लागि सहयोग जुटाउन पहल गरेको अध्यक्ष अशोक खड्काले जानकारी गराए ।
अध्यक्ष खड्काले ७७ हजार २ सय १० रुपैयाँ रकम संकलन भएको जानकारी दिए । उक्त रकम काठमाडौं जिल्ला तेक्वान्दोका सचिव गणेश तामाङ र तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक मिन न्यौपानेको उपस्थितिमा अध्यक्ष खड्काले दीपिकाकी आमा लक्ष्मीलाई कान्ति अस्पतालमै हस्तान्तरण गरे । रकम हस्तान्तरण गरेको केहि समयपछि दीपिकाको निधन भएको अध्यक्ष खड्काले जनाएका छन् ।
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]
March 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल एनएसएलमा झापा एफसी र बुटवल लुम्बिनीबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ। पहिलो हाफमा झापाले एकपक्षीय दबाब बनाए पनि बुटवलका गोल रक्षक दीप कार्कीको प्रभावशाली प्रदर्शनमा झापाले गोल गर्न सकेन। दीप अक्सनमा अन सोल्ड हुँदा विस लिस्टबाट बुटवलले भित्राएको थियो। दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा झापाले […]
March 30, 2025
भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]