default_image

8 years ago

November 8, 2016

माल्दिभ्समा मञ्जु र अरुणाको टोली पराजित

147 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला भलिबल टोलीकी उपकप्तान मञ्जु गुरुङ र राष्ट्रिय टोलकै सदस्य अरुणा शाही सम्मिलित टोलीले माल्दिभ्सको महिला राष्ट्रिय भलिबल लिगमा सुखद सुरुआत गर्न सकेन । शनिबार राती भएको खेलमा मञ्जु र अरुणको टोली फेयस्दा माल्दिभियन आरसीसँग ३–० ले पराजित भएको थियो । माल्दिभियन २५–१५,२५–१६ र २५–१७ ले विजयी भएको थियो ।

manju-1
प्रशिक्षकले जित्नै पर्छ भनेकोले टोलीमा दबाब परेको मञ्जुले बताइन् । उनले भनिन्,‘हामीमाथि केही दबाब पनि पर्यो । त्यसमाथि उनीहरुको टोलीमा रहेको दुई अमेरिकी खेलाडीले राम्रो खेले । पहिलो खेल भएकाले हामी अलि सेट हुन सकेनौं । अर्को खेलमा सुधार गर्छौ ।’ मञ्जु र अरुणा शनिबार मात्र माल्दिभ्स पुगेका थिए ।
नेपाली खेलाडी प्रतिभा माली र कोपिला उप्रेती सम्मिलित मिस्कियामागु इजीले भने लिगमा लगातार दोस्रो सफलता प्राप्त गरिसकेको छ । पहिलो खेलमा माल्दिभियन आरसिटीलाई हराएको त्यो टोलीले हिजो पोल स्टारलाई हराएको थियो । दुवै खेलमा प्रतिभा वमन अफ दी म्याच चुनिएकी थिइन् ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.